स्वास्थ्यबर्धक खाना कि औषधि ?

मङ्गलबार, २८ फागुन २०७५, १२ : ११ डा. सुभाष पोखरेल

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जले आफ्नो हातामा रहेको फार्मेसीमा फलफूल तथा तरकारीसमेत बेच्न थाल्यो भने के भन्लान् ? उच्च रक्तचाप भएर जचाउन आएको बिरामीलाईलाई परीक्षणपछि औषधि दिनुको बदला तपाईँ चाबहिल चोकबाट हिँडेर दैनिक टिचिङ हस्पिटल आउनूस् भनी डाक्टरले कहेमा कस्तो प्रतिक्रिया आउला ? औषधि खाएर मधुमेहको समस्या तुरुन्तै रोकथाम गर्ने उद्देश्यले आएको बिरामीलाई चिकित्सकले दबाइ दिनुको बदला फलानो फलानो खान्की यति मात्रामा खान भनी सल्लाह दिएमा रोगीका आफन्तले के भन्लान् ? सुलभ मूल्यमा ओखती उपलब्ध गराएर चर्चा पाएको महाराजगन्ज अस्पतालको फार्मेसीले रोगीका लागि किसानबाट सिधै खरिद गरी उचित मूल्यमा स्वच्छ तरकारी फलफूल उपलब्ध गराउन थाले के होला ? उल्लिखित घटनाहरू नित्तान्त काल्पनिक हुन्। तर स्वास्थ्य क्षेत्रमा भएका अनुसन्धान तथा तथ्यांकले संसारमा देखिएका धेरै रोगको इलाज स्वच्छ तथा स्वस्थ खानपिन र शारीरिक व्यायामबाट नियन्त्रण गर्न सकिने देखिएकाले उपरोलिखत सपनाहरू यथार्थवादी देखिए। र, चर्चायोग्य पनि ठानियो।  

विश्व स्वास्थ्य संघका अनुसार संसारले प्रतिवर्ष स्वास्थ्य क्षेत्रमा झण्डै १० खरब अमेरिकी डलर खर्चन्छ। विश्व बैंकको प्रतिवेदनले नेपालले आफ्नो कुल गार्हस्थ्य उत्पादनको झण्डै ७ प्रतिशत स्वास्थ्यमा खर्च गर्ने गरेको देखायो। संयुक्त राज्य अमेरिकाको प्रतिव्यक्ति उपचार खर्च वार्षिक १० हजार डलरभन्दा पनि अधिक देखियो। आफ्नो हैसियत मुताबिक मुलुकहरूले औषधि उपचारमा रकम ब्यय गर्ने भए पनि संसारका सबै देशको हेल्थ केयर खर्चको आकार दिनानुदिन बढ्यो। स्वास्थ्य क्षेत्रको खर्च घटाउन सके मुलुकको आर्थिक अवस्था मजबुत हुने कुरामा सबै देश चनाखो देखिए।

सूक्ष्मरूपमा भित्रने खराब वस्तुले समेत शरीरमा प्रत्यक्ष नकारात्मक असर देखाउँछ। एकाध संख्यामा भित्रने बिकारले त आफ्नो जड असर देखाउँछ भने हामीले दैनिकरूपमा खाने भोजन खराब भएमा त्यसले के÷कस्तो प्रभाव पार्ला ? सहजै अन्दाज गर्न सकिन्छ। त्यसैले संसारका ठूला हेल्थ केयर प्रोभाइडरहरूले मानिसलाई स्वस्थ बानीबेहोरामा प्रोत्साहित गर्न सके उपचार खर्च निकै कम गर्न सकिने ठहर गरे। त्यसै योजनामुताविक धूमपान नगर्ने मानिसले तिर्नुपर्ने इन्सुरेन्सको प्रिमियम कम गर्ने, स्वस्थ खानाका लागि प्रोत्साहित गर्ने अनि दैनिक व्यायाम गर्न हौस्याउन जिमखानाको महिनावारी खर्च तिर्ने जस्ता कदम चाले उनीहरूले। स्वास्थ्यबर्धक खाना तथा दैनिक परिश्रमले मानिसलाई स्वस्थ बनाउँछ भन्ने अवधारणा आयो।

तरकारी, फलफूललगायत प्रशोधन नगरिएका खाना खाने अनि कडा परिश्रम गर्ने मानिसमा ब्लडप्रेसर तथा मधुमेहमात्र होइन, क्यान्सरको प्रकोप पनि कम भएको देखियो।

विश्व अर्वुद रोग अनुसन्धान कोष र अमेरिकन इन्स्टिच्युट फर क्यान्सर रिसर्चको संयुक्त तत्वावधानमा संकलित तथ्यांक हेर्दा सम्पन्न र विपन्न मुलुकमा क्यान्सर रोगको वितरण अनौठो देखियो। पढे÷लेखेका अनि आर्थिकरूपमा सवल धनी देशका नागरिकमा अर्वुद रोगको संक्रमण न्यून हुनुपर्नेमा त्यसको विपरित परिणाम पाइयो। पाठेघरको क्यान्सरलाई अपवाद मान्ने हो भने धनी मुलुकमा क्यान्सर रोगीको संख्या गरिब देशको तुलनामा अत्यधिक भेटियो। अझ, फोक्सो तथा छालाको क्यान्सरको वितरण धनी मुलुकमा गरिब देशको तुलनामा १० गुणाभन्दा अधिक देखियो।

मुटुसम्बन्धी रोगका कारण संसारमा सबैभन्दा धेरै मानिस मर्छन्। क्षेत्रगत वितरण हेर्दासमेत संसारका सबै महादेशमा मुटु रोगका कारण मर्नेको संख्या अत्यधिक देखियो तर सब सहारन अफ्रिकामा मुटु रोगको प्रकोप कम देखियो। अफ्रिकी महादेशका मानिसको कडा परिश्रम गर्ने बानी र कम तेल भएको खानाका कारण मुटु रोगीको संख्या कम रहेको तर्क रह्यो। उच्च रक्तचापभैmँ मधुमेह रोगको वितरणको अवस्थासमेत खासै फरक देखिएन। तरकारी, फलफूललगायत प्रशोधन नगरिएका खाना खाने अनि कडा परिश्रम गर्ने मानिसमा ब्लडप्रेसर तथा मधुमेहमात्र होइन, क्यान्सरको प्रकोप पनि कम भएको देखियो। कामको प्रकृति र भौगोलिक विकटताका कारण कडा परिश्रम गर्ने मानिसमा कार्डिएक एट्याक न्यून हुनु अन्यथा भएन।

फास्टफुड जस्ता प्रशोधित खानेकुरा कम खाने मानिसमा मधुमेह तथा रक्तचापको समस्या न्यून हुने तथ्यांकले देखाएपछि संयुक्त राज्य अमेरिकाको पेन्स्याल्भेनिया राज्यको नर्थम्बरल्यान्ड क्षेत्रस्थित गाइसेड्गर हेल्थ सिस्टमले सन् २०१७ मा परीक्षणका लागि आफ्नो एउटा अस्पतालको फार्मेसीमा तरकारी तथा फलफूलसमेत उपलब्ध गराउन थाल्यो र डाक्टरहरूलाई औषधिको बदला खानपिनको बानी परिवर्तन अनि शारीरिक व्यायाम गरी रोग निको पार्न रणनीति तयार गर्न भन्यो। तद्नुरूपको कार्यनीति लागु गर्दा मधुमेह तथा रक्तचापका धेरै बिरामीलाई बिनाओखती नै रोग नियन्त्रण गर्न सकिएको बतायो अस्पतालले। हालै अस्पतालले आफ्नो सफलताको व्याख्या गर्न एक बिरामीको उदाहरण पेश ग¥यो। चिनी रोगका कारण पहिला नै आफ्नो खुट्टाको औँला गुमाएका टम सिकोविच सन् २०१७ मा गाइसेड्गर हेल्थ सिस्टमको अस्पतालमा परिक्षणका लागि आउँदा चिनी रोगको स्केल मापन गरिने एबनसीको मात्रा १०.९ थियो। उक्त मात्रामा एबनसी हुनु भनेको चिनी रोग खतराको श्रेणीमा रहेको मानिन्छ। अस्पतालले आफ्नो रणनीतिअनुरूप नै रोगी टम सिकोविचको इलाज गर्ने रणनीति बनायो। कुनै पनि औषधिको प्रयोग नगरीकन केवल आफ्नो फार्मेसीमार्पmत वितरण गरिने खाद्यपदार्थको नियोजित प्रयोग र शारीरिक परिश्रम गर्न हौस्याएर करिब १८ महिनाको अवधिमा टमको एबनसीको मात्रा ६.९ मा ल्याउन सफल भएको बतायो अस्पतालले। क्रिटिकल अवस्थामा रहेको चिनी रोगलाई औषधिको प्रयोगबिना नै चामत्कारिक सुधार गरेर देखायो अस्पतालले।

भूमण्डलीकरणको प्रभाव र वैदेशिक रोजगारका कारण प्रत्येक घरमा पैसा भित्रिएको छ। दुःखले भित्रिएको रकम चाउचाउ तथा बिस्कुट जस्ता प्रशोधित खाना किन्नमा खर्चिनुको बदला स्थानीय कच्चा खाद्यान्न बेसाउन तथा तरकारी सागपातमा खर्चने बानी बसाल्नुप-यो।

अस्पतालले यसरी औषधिको बदला स्वस्थ खानेकुरा र शारीरिक परिश्रम गर्ने आदत लगाएर ब्लडप्रेसरलगायतका धेरै रोगीलाई सन्चो बनाएको बतायो। अझ सबैभन्दा महत्वपूर्ण कुरा त अस्पतालले स्थानीय किसानसँग सम्झौता गरी बिरामीको आवश्यकताअनुसारको तरकारी तथा फलफूल उत्पादन गर्न लगाएर स्थानीय खेतीलाई प्रश्रय दिएको देखियो। खानपिनको उचित व्यवस्थापनले रोग निको पार्न सफल भएपछि गाइसेड्गर अस्पतालले ‘खानाको उचित प्रयोग औषधि भन्दा प्रभावकारी’ भन्ने जनअभियान सञ्चालन ग-यो। अंग्रेजी दवाइ खानेबित्तिकै बिरामीलाई तुरुन्तै सन्चो हुने भएकाले त्यसको प्रभावकारिता छिटै देखिने तर खानपिन व्यवस्थापनमार्पmत गरिने इलाजले आफ्नो प्रतिफल देखाउन समय लाग्ने कुरामा विचार गर्नसमेत आग्रह गर्छ अस्पतालले। आहारबिहारको नियोजनमार्पmत रोग निर्मूल पार्नु दीर्घकालीन हितमा रहने कुरामा दुई मत भएन। गाइसेड्गर हेल्थ सिस्टमको सफलतापछि धेरै स्वास्थ सेवा प्रदायक निकाय उक्त दिशामा आकर्षित हुनु अन्यथा भएन। साथै, गाइसेड्गर अस्पतालको सफलतापछि संसारका धेरै हस्पिटलले आफ्नो उपचार विधिमा परिवर्तन गर्ने निश्चित देखियो। त्यसैले पहिलो परिच्छेदमा लेखिएको काल्पनिक दर्शन छिटै नै यथार्थ नबन्ला भन्न सकिन्न।

नेपालका गरिब र अमेरिकाका गरिबबीच शारीरिक भिन्नता देखियो। हाम्रा गरिब दुब्ला पातला हुन्छन् भने सम्पन्न मुलुकका गरिब मोटाघाटा देखिन्छन्। दिनभरको परिश्रमबाट आर्जित रकमले सस्ता तरकारी तथा सागपात बेसाएर घरमा पकाएर खानु एउटा गरिबको दैनिकी बन्छ नेपालमा। खान्कीले उसलाई चाहिने पर्याप्त क्यालोरी नदिन सक्छ। तर पसिना चुहाएर कमाएको रकम हाम्रा गरिब स्वस्थ खानपिनमा खर्चन्छन्। गरिब देशमा  झैँ विकसित मुलुकका गरिबले समेत सीमित पैसामा जीवन चलाउनुपर्ने हुन्छ। तर विषम परिस्थितिका कारण धनी देशका गरिबहरू तरकारी तथा सागपात किनेर घरमा पकाएर खाने अभ्यासमा हुँदैनन्। धनी मुलुकमा केएफसी तथा पिज्जा हट जस्ता फास्टफुड रेस्टुरेन्टले सस्तो दाममा जंकफुड उपलब्ध गराउँछन्। सस्तो दाममा पाइने अत्यधिक क्यालोरीयुक्त खानाले उनीहरूको शरीर मोटो हुनु अन्यथा भएन। शरीरको तौल र रोगबीच प्रत्यक्ष सम्बन्ध हुने भएकाले नेपालका ख्याउटे गरिब स्वस्थ हुनु अनि सम्पन्न मुलुकका गरिब रोगी हुनु अन्यथा भएन।

अब नेपालका धनीको अवस्था हेरौँ। रेस्टुरेन्टमा गएर खाना खानु नेपालमा प्रतिष्ठाको विषय बन्यो। केएफसी र पिज्जा हटमा गएर लन्च गरिनु इज्जतको विषय बन्यो नेपालमा। रेस्टुरेन्टमा पाइने जंक तथा प्रशोधित खान्की अस्वस्थकर हुनुका अतिरिक्त क्यालोरीको मात्रासमेत अत्यधिक हुने भएकाले नेपालका धनी मोटाघाटा हुनु अस्वाभाविक भएन।

क्यान्सरका रोगीहरू तुलनात्मकरूपमा गरिब मुलुकमा किन कम छन् त भनी अध्ययन गर्दा विपन्न मुलुकका नागरिकको दिनचर्या र खानपिनका कारण त्यहाँ अर्वुद रोगीको संख्या कम भएको अध्ययनले देखायो। बाँच्नका लागि अत्यधिक परिश्रम गर्नुपर्ने र थोरै आम्दानीका कारण तरकारी तथा सागपातमा भर पर्नुपर्ने बाध्यता भएकाले गरिब मुलुकमा घातक रोगहरू कम भएको एक अध्ययनको निष्कर्ष देखियो। अमेरिकाको गाइसेड्गर हेल्थ सिस्टमले बिरामीलाई दिने नियन्त्रित सुविधा हाम्रा देशका गरिबलाई बाध्यात्मकरूपमै भए पनि सहजै उपलब्ध हुने भएकाले उनीहरू तुलनात्मकरूपले स्वस्थ हुनु अस्वाभाविक भएन।

भूमण्डलीकरणको प्रभाव र वैदेशिक रोजगारका कारण प्रत्येक घरमा पैसा भित्रिएको छ। दुःखले भित्रिएको रकम चाउचाउ तथा बिस्कुट जस्ता प्रशोधित खाना किन्नमा खर्चिनुको बदला स्थानीय कच्चा खाद्यान्न बेसाउन तथा तरकारी सागपातमा खर्चने बानी बसाल्नुप-यो। रेस्टुरेन्टका जंक फुड तथा अत्यधिक मासु खाँदा धन बर्बादीका अतिरिक्त रोगव्याधि निम्तन सक्ने यथार्थलाई ध्यान दिन आवश्यक रह्यो। साथै, चिकित्सकहरूले समेत प्रत्येक रोगको इलाज ओखतीमात्र होइन, बरु खानपिन तथा आहारविहारको परिवर्तन अझ महत्वपूर्ण हो भन्ने यथार्थ स्वयम्ले स्मरण गर्नुका अतिरिक्त बिरामीलाई समेत सचेत गराउन आवश्यक रह्यो। स्वच्छ खाना ओखतीभन्दा पनि महत्वपूर्ण भएको यथार्थ आफू बुझौँ र अरुलाई पनि सम्झाऔँ।  







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

Ncell Footer Ad