७ वैशाख २०८१ शुक्रबार
समाज

आमाद्वारा छोरीको हत्या

रोल्पा-रोल्पा मिझिङ गाविस–६ मा एक महिलाले आफ्नै छोरीको हत्या गरेकी छन् ।  लिवाङ नगरपालिका–२ खुमेल घर भई हाल मिझिङ–६ रोल्पा माइतीघर बस्दै आएकी धना बुढाथोकीले गए राति ९ बजे दाउराले पिठ्यूँमा हिर्काएर आफ्नै छ वर्षीया छोरी झकमा बुढाथोकीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक केशव बस्नेतले बताए। 

नौ महिनाको गर्भवतीसमेत रहेकी धना छ वर्षकी छोरी र डेढ वर्षको छोरासँग बस्दै आएकी थिइन् । मानसिक सन्तुलनसमेत ठीक नभएकी उनको श्रीमान् गोपाल बुढाथोकीले ज्याला मजदुरीको सिलसिलामा धनगढीमा रहेको प्रहरीले बताएको छ । 

स्थानीयवासीले घटनाका सम्बन्धमा इप्रका सुलिचौरमा सूचना गरेपछि घटनास्थल पुगेका प्रहरीले अभियुक्त बुढाथोकीलाई नियन्त्रणमा लिई इप्रका सुलिचौरमा राखेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए। 

यसैगरी उत्तरी रोल्पाको थवाङ–८ का ३८ वर्षीया सोनाकुमारी नेपालीलाई अपरिचित व्यक्तिले गएराति प्रहार गरेको ढुङ्गावाट टाउको र दायाँ कानको कन्चटमा लाग्दा गम्भीर घाइते भएको प्रहरीले बताएको छ । 

उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । बेहोस अवस्थामा रहेकी नेपालीलाई उनका आफ्नै श्रीमान् ध्रुव नेपालीले ढुङ्गा हानेको हुन सक्ने आशङ्कामा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी निरीक्षक केशव बस्नेतले जानकारी दिए। रासस 

प्रकाशित: २६ आश्विन २०७३ १३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App