८ वैशाख २०८१ शनिबार
राजनीति

विप्लव माओवादीका दुई नेता पक्राउ

रुकुम- रुकुम (पश्चिम)मा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का २ जना कार्यकर्तालाई प्रहरीले पक्राउ  गरेको छ। सोमबार साँझ जिल्ला कमिटी सदस्य एव ४ नम्बर एरिया उपाध्यक्ष मुकुन्द रावल र प्रतिरुप बिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का निमित्त प्रमुख प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए। उनिहरु दुवै जनालाई यहाँको एक वोर्डिङ स्कुलतको गाडि तोडफोड गरेको आरोपमा पक्राउ गरिएको उनले बताए।

पक्राउ परेकाहरुलाई मंगलबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको बताइएको छ। उनिहरु बिरुद्ध सार्वजनिक अपराध मृद्दा दर्ता गरिएको प्रहरी निरीक्षक क्षेत्रीले बताए। नेकपाले गत फागुन २३ गते राप्ती बन्दको आह्वान गरेको थियो। उक्त दिन बन्दको बन्दको अवज्ञा गरेको भन्दै यहाँको न्यू मुनलाईट बोडिङ्ग स्कुलको बस तोडफोड गरेको प्रहरीको दावी छ।

पक्राउ परेका दुई जनालाई नगरपालिका १० मा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको र स्कुलको गाडि तोडफोड गर्ने अन्य दुई जना फरार रहेकाले खोजी कार्य जारी रहेको बताइएको छ। विद्यालय नजिकै रोकी राखेको रा १ क ८७१ नम्बरको स्कुल बस बिद्यालय तोडफोड भएको थियो।

नेकपा माओवादीले भने विक कारण आफ्ना कार्यकर्तालाई पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ। जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढाले विना कारण आफ्ना कार्यकर्ता पक्राउ परेकाले विनासर्त तुरुन्त रिहा हुनुपर्ने बताएका छन्।

 

प्रकाशित: २८ फाल्गुन २०७५ ०५:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App