फाइनान्स र सहकारी एकै होइनन्

मङ्गलबार, २८ फागुन २०७५, १० : ०४ नागरिक

1582


सर्बज्ञ अधिकारी

फाइनान्स कम्पनी र वचत तथा ऋण सहकारीको मुख्यकार्य निक्षेप संकलन र कर्जा प्रवाह गर्ने रहेकाले आम मानिसहरुले यी दुवै संस्थाहरुलाई एकै तवरले बुझ्ने गरेको पाइएको छ। यसका अतिरिक्त यी दुवै संस्थालाई समानान्तर रुपमा अथ्र्याइएको पाइन्छ। यसै सन्दर्भमा केही प्रसंगहरु यहाँ उल्लेख गर्न आवश्यक देखिन्छ।

प्रसंग–१  ; एक महिला आफूले सहकारीमा जम्मा गरेको रकम फिर्ता नगरेको भनेर वकिलसहित उजुरी गर्न काठमाडौं महानगरपालिका सहकारी विभागमा आइन्। निजले उजुरीमा फाइनान्स भनेर उल्लेखगरिन्। यस पंक्तिकारले फाइनान्स होइन सहकारी लेख्नुहोस् भन्दा बजारमा पैसा उठाउन आउनेहरुले हामी फाइनान्सबाट आएका हौं भन्छन् भनेर केहीबेर जिद्दी गरिरहिन्। फाइनान्स र सहकारीबीचको भिन्नता बुझाएपछि अन्त्यमा उनले सहकारी नै लेखिन्।

प्रसंग–२ : सहकारीले वार्षिक साधारण सभाबाट पारित गरेको लेखापरीक्षण प्रतिवेदनअध्ययन गर्दैगर्दा केही सहकारीहरुले सेयर सदस्य खाता भनेर संचालन गरेको पाइयो। यसबारे जिज्ञासा राख्दाउक्त सहकारीका संचालकहरुले यो हामी सेयर होल्डरका लागिबनाइएको खाता हो,अरुचाहिँ ग्राहकको लागि बनाइएको खाता हो भने।

प्रसंग–३  : एक जना सहकारी अभियान्तासँग यस पंक्तिकारको भेटमा सहकारी पनि फाइनान्स जसरी नै चलाएका रहेछन् नि सर, तपाई अभियान्ताहरुले यसबारे बुझाउनु भएको छैन भन्दा उनले ‘सहकारी र फाइनान्स एकै त हो नि के फरक छ र भनी उल्टै प्रतिपश्न गरे।

माथिका त प्रतिनिधि घटनामात्रै हुन्। यिनै प्रतिनिधि घटनाहरुबाट के पुष्टि हुन्छ भने सहकारीका संचालक, सदस्य एवं सहकारी अभियान्ताहरुमा नै सहकारी र फाइनान्स एकै हुन् भन्ने बुझाइ छ। कारण सहरी क्षेत्रकाअधिकांश सहकारी फाइनान्सकै रुपमा आफूलाई प्रस्तुत गरिरहेका छन्।

सहकारी भन्नाले कुनै स्थान विशेषमा बसोबास गर्ने व्यक्तिहरु एकत्रित भई वा समान पेसा, व्यवसाय र कार्य गर्ने उद्देश्य र लक्ष्य भएका मानिसहरु मिलेर आफ्नै हित अभिवृद्धिका लागि सहकार्यात्मक ढंगले व्यावसायिक कार्य गर्ने संस्था भन्ने बुझिन्छ। सहकारीहरुको कार्यक्षेत्रअनुसार सहकारी ऐन २०७४, प्रदेश सहकारी ऐन र स्थानीय तह सहकारी ऐनबाट नियमन तथा सुपरीवेक्षण गरिन्छ। फाइनान्स कम्पनीहरुले वित्तीय मध्यस्थता गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबारको इजाजत लिएका हुन्छन्। फाइनान्स कम्पनीहरुको नियमन एवं सुपरीवेक्षण कार्य नेपाल राष्ट्र बैंकले गर्छ। फाइनान्स खोल्नका लागि निश्चित पुँजीको आवश्यकता पर्दछ र सर्वसाधरणका लागि अनिर्वाय रुपमा शेयर आवेदन खुला गर्नु पर्दछ। सहकारी संस्था जतिसुकै सेयर पुँजी राखेर पनि खोल्न सकिन्छ, साथै सहकारीको सेयर आवेदन सर्वसाधरणको लागि खुलागर्न जरुरी छैन। हाल(२०७५ माघमसान्तसम्म) नेपालभर जम्मा ७० वटा फाइनान्स कम्पनी छन् भने ३२ हजार भन्दा बढि सहकारीहरु छन्।

फाइनान्स कम्पनीहरुले जो सुकैलाई खाता खोलाएर निक्षेप संकलनएवं कर्जा प्रवाहगर्न सक्छन् भने सहकारीको सन्दर्भमा सेयर सदस्यनबनाई कसैसँग निक्षेप संकलनगर्न र सेयर सदस्य बनेको ३ महिना नपुगी कर्जा प्रवाहगर्न पाउँदैनन्। फाइनान्स कम्पनीहरुले प्राकृतिकएवं कृत्रिम (कानुनी रुपमा स्थापित संस्थाहरु)दुवै व्यक्तिहरुसँग कारोबार गर्न सक्छन् भने सहकारीहरुले केवल प्राकृतिक व्यक्तिहरुसँग मात्रै कारोबार गर्न पाउँछन्। व्यवहारीक रुपमा हेर्ने हो भने सहरी क्षेत्रका केही सहकारीहरुले कृतिम व्यक्तिहरुसँग कारोबार गर्ने गरेको पाइएको छ, जुन सरासर कानुन बिपरीतको कार्य हो।मूलतःसहकारीहरुले आफ्नै सेयर सदस्यहरुसँग मात्रै कारोबार गर्न पाउँछन्। जसले गर्दा सहकारीमा रकम राख्दाआफै साहु (मालिक) हुन सकिन्छ भने फाइनान्समा राख्दा केवल ग्राहकमात्रै हुन पुगिन्छ।

फाइनान्स कम्पनीहरुमा संचालकहरुको छनोट गर्दा उसले खरिद गरेको सेयरको आधारमा आफ्नो मताधिकार प्रयोग गर्न सक्छ। तर सहकारीमा सेयर खरिद गरेको संख्याको आधारमा मताधिकारमा फरक पर्दैन। सहकारीमा एक व्यक्ति एक भोटको अवधारणा रहेकाले एउटामात्र सेयर खरिद गरेको व्यक्ति पनि अध्यक्ष, सचिवलगायत संचालकमा निर्वाचित हुन सक्छ। जुनफाइनान्स कम्पनीमा व्यवहारतः सम्भव देखिँदैन। सहकारीमा एक व्यक्तिले एकभन्दा बढी सहकारीमा सदस्य बन्न मिल्दैन। तर फाइनान्स कम्पनीको हकमा एक व्यक्तिले जतिपनि फाइनान्स कम्पनीसँग कारोबार गर्न सक्छ।बजारको अवस्था हेर्ने हो भने, एकै पसलमा विभिन्न सहकारी संस्थाहरुको पासबुकको चाँही देख्न सकिन्छ। अधिकांस सहकारीका सदस्यहरुलाई आफु उक्त सहकारीको सेयर सदस्य हँु भन्ने पनिथाहा छैन। उनीहरु केवल आफुलाई बचतकर्ता वा ऋणीको रुपमा मात्र बुझिरहेका छन्। जसले गर्दा उनीहरु निष्कृय रहेका छन। यसै गरी सहकारीका संचालकहरुले पनि साधरण बचतकर्तालाई शेयर सदस्यको रुपमा नहेरी केवल कारोबारीको रुपमाव्यवहार गरेको पाइन्छ। सदस्यहरुकै बिचमा विभेद कायमगर्ने गरेको पाइएको छ। जसको फलस्वरुप सहकारीबट लक्षित वर्गले आशातित फाइदा उठाउन सकेका छैनन्।  

सहकारी संस्थाहरुले आफ्नो सेयर पुँजीको १८ प्रतिशतभन्दा बढी लाभांश वितरणगर्न मिल्दैन भने फाइनान्स कम्पनीहरुले आफूले नाफा गरेअनुसार लाभांश वितरण गर्न सक्छन्। सेयर पुँजीको प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाइने भन्ने कुनै व्यवस्था छैन। त्यसैले नाफाको लागि मात्र सहकारी संचालनगर्न खोज्नेहरुले अन्य आकर्षक प्रतिफल पाउने व्यवसायमा लगानी गर्नु वाञ्छनीय देखिन्छ।

सहकारीहरुले व्यवसाय प्रबद्र्धनका लागि रकम खर्च गर्न पाउँदैनन्। उनीहरुले कुनै पनि माध्यमबाट आफ्नो व्यवसाय बढाउन विज्ञापन एवं प्रचार–प्रसार गर्न पाउँदैनन्। तर फाइनान्स कम्पनीहरुले आवश्यकताअनुसार आफ्नो व्यवसाय प्रवद्र्धन गर्न सक्दछन्। सहकारीहरुले चल्तीखाता संचाल नगर्न मिल्दैन। यसैगरी तीनवर्ष भन्दाबढीको आवधिक निक्षेप स्वीकार गर्न पाउँदैनन्। तर फाइनान्स कम्पनीहरुमा यो नियम लागू हुँदैन। काठमाडांैमा संचालनमा रहेका सहकारीहरुको लेखापरीक्षण प्रतिवेदन अध्ययन गर्दैगर्दा कानुन बिपरित हुने गरी केही सहकारीहरुले चल्ती खाता र १० बर्ष सम्मको मुद्दती निक्षेप संकलन गर्ने गरेको पाइयो।

स्वेच्छिक तथा खुला सदस्यता, सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण, सदस्यहरुको आर्थिक सहभागिता, स्वायत्तता तथा स्वतन्त्रता, शिक्षा, तालिम र सूचना, सहकारीबीच सहकार्य, समुदायप्रति चासो सहकारीको मुख्य सिद्धान्त हुन्। सहकारीहरु यिनै सिद्धान्तमा रहेर चल्नुपर्छ÷चल्छन्। जुनफाइनान्स कम्पनीको हकमा लागू हुँदैन।

नेपालको संविधानले आर्थिक समृद्धिकालागि सरकारी, सहकारी र निजी क्षेत्रको सहकार्य गरेर अघि बढ्ने भनी तिन खम्वे अर्थनीति निदृष्ट गरिरहेको सन्दर्भमा सहकारीहरुले आधारभुत सिद्धान्तहरुको पालना गर्दै स्वतन्त्रता, पास्परिकता तथा स्वावलम्वन जस्ता पक्षहरुलाई आत्मसाथ गरी सहकारीताको वास्तविक मर्म अनुसार प्रचलित ऐन, कानुन एवं नीति नियममा आधारित भइ सहकारी सञ्चालन गरी आर्थिक विकासमा योगदान पु-याउन जरुरी छ। (लेखक  Ace Institute of ManagementdfMBA 5th Trimester माअध्ययनरतविद्यार्थी हुन।) (adhikarisarbagya94@gmail.com)






यसमा तपाईको मत


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad