८ वैशाख २०८१ शनिबार
राजनीति

अब के गर्लान् राउत ?

काठमाडौं - सरकारसँग ११ बुँदे सहमति गरेलगत्तै मधेस पुगेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतले जनमसंग्रहको अजेन्डा उठाउँदै मधेसमा आफ्नो संगठन र शक्ति विस्तारमा लाग्ने भएका छन्। सरकारले राउतसँग गरिएको ११ बुँदे सहमतिमा जनमत संग्रहमा सहमति नजनाएको दाबी गरे पनि राउत नेतृत्व गरेको स्वतन्त्र मधेस गठबन्धनका नेताहरूले जनमसंग्रहमा सरकार सहमति भएको दाबी गर्दै आएका छन्। ‘सरकारले जनमत संग्रहलाई स्वीकार गरिसकेको छ अब जनमत संग्रहको अजेन्डा प्राथमिकताका साथ उठाउने छौं,’ स्वतन्त्र मधेस संगठनका सहसंयोजक कैलाश महतोले भने, ‘जनमत संग्रहको अजेन्डालाई लिएर हामी अघि बढ्छौ।’

सरकारसँग गरिएको ११ बुँदे सहमतिअन्तर्गत दुई नम्बर बुँदमा राखिएको जनअभिमत शब्दले जनमतसंग्रहलाई बुझाउने उनले दाबी गरे। यद्यपि सरकार र राउतबीच शुक्रबार भएको ११ बुँदे सहमतिलाई भने आपूmहरूले नछाड्ने उनले बताए। उनले भने, ‘११ बुँदे सहमतिभित्र रहेर हामी अघि बढ्छौं।’

पार्टी गठन गरेर अघि बढ्ने वा पार्टी गठन नगरी संगठन विस्तार गर्ने भन्ने विषयमा भने उनले प्रष्ट बोलेनन्। उनले भने, ‘११ बुँदै सहमतिपछि सहमतिबारे जसरी टिका टिप्पणी भइरहेको छ , यस्ता टिकाटिप्पणीप्रति हामी निकै सजग रूपले हेरिरहेका छांै।’ एकदुई दिनमै गठबन्धनमा गम्भीर छलफल हुने र सो छलफलपछि आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा निष्कर्ष निकाल्ने उनले बताए।

राउतबारेमा जानकार राख्नेहरू भने अब राउतका अगाडि अब तीनवटा विकल्प भएको दाबी गर्छन्। पहिलो विकल्पमा पार्टी खोली मधेसमा तेस्रो धार बन्ने, दोस्रो विकल्पमा नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरी राष्ट्रिय पार्टीबाट मधेसमा राजनीति गर्ने र तेस्रो विकल्पमा मधेसको नाममा संगठन खोली सकसपूर्ण राजनीतिक गर्ने। सरकारसँग ११ बुँदै सहमति गरीसकेपछि राउत अब पुराना बाटोमा फर्कने सम्भवना निकै कम रहेको विश्लेषकहरू बताउँछन्। राउतबारेका जानकार राख्ने डा।राजेश अहिराजले भने, ‘अब उहाँ ९राउत० पुराना बाटोमा फर्कने सम्भावना निकै कम छ।’ त्यसैले अबको दिनमा उहाँ मधेसमा संगठन खोली सकसपूर्ण राजनीति गर्ने सम्भावना बढी छ।’ सकसपूर्ण राजनीतिभित्र चन्दा असुल्ने, जनतालाई दुःख दिनेलगायतका गतिविधि हुने उनको अनुमान छ। उनले भने, ‘सरकारसँग ११ बुँदे सहमति गरीसके पछि अब उहाँ ९राउत ०उहाँ पुरानो बाटोमा फर्कने सम्भावना करिबकरिब बन्द भएको छ।’

राउतको अबको राजनीतिलाई नेपाल कम्युनिस्ट पार्टीले प्रयोग गर्न सक्ने अहिराजले अनुमान गरे। उनले भने, ‘राउतले अब गर्ने राजनीतिलाई नेकपाले प्रयोग गर्ने सम्भावना बढी छ। त्यस्तो त्यस्तो भएमा त्यसबाट सबै भन्दा ठूलो घाटा मधेस केन्द्रित दल राजपा र फोरमलाई हुने छ।’

राजपाका सहमहासचिव जेपी यादवले भने सरकारले राउतसँग जनमतसंग्रहको सहमति गरेको हो भने त्यसबाट देशलाई ठूलो घाटा हुने बताए। उनका अनुसार राउतले अब जनममत संग्रहको एजेण्डालाई चर्काउन सक्नेछन्, जसबाट मधेसमा विखण्डनको बिउ रोपिन्छ।’ राउतले पार्टी खोली मूलधारको राजनीतमिा आउने सम्भवना निकै कम रहेको बताउदै उनले भने, ‘राउतले पार्टी खोली मूल धारको राजनीति सुरू गरे भने पनि त्यसले राजपा र फोरमलाई कुनै फरक पर्दैन।’

यता, आइतबार जनकपुरमा राउतलाई गरिएको स्वागत कार्यक्रमा राउतलाई देखाएको व्यवहारप्रति सरकार झस्किएको छ। सहसंयोजक महतोले भने, ‘मधेसका जनताले उहाँ९राउत०लाई स्वागत गरेका हुन्। त्यो जनताको कुरा हो।’ अब राउतले आफ्नो सुरक्षा प्रयोग गर्छन कि गर्दैनन् भन्ने विषयमा महतोले प्रष्ट जवाफ दिएनन्। उनले भने, ‘हाम्रो संगठनबारे अहिले हामीले केही बोल्दैनौ। गठबन्धनको बैठकले निष्कर्ष निकालेपछि यसबारे धारणा राख्ने उनले जनाए। स्रोतका अनुसार राउतको संगठनमा अब्दुल खाँणले प्रवक्ता र चन्दन सिंहले सहजकर्ताको भूमिका निर्वाह गर्दै आएका छन्। अब केही दिन उनी मधेसमै रहने राउत निकट नेताहरू बताउँछन्। मधेसका जिल्ला भ्रमण गर्ने क्रममा आफ्नो कार्यकर्ता भेट्ने, प्रशिक्षण दिन जस्ता गतिविधि हुने राउतनिकट नेताको भनाइ छ।

प्रकाशित: २८ फाल्गुन २०७५ ०१:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App