८ वैशाख २०८१ शनिबार
भिडियो

जब लेखा समितिको बैठकमा जङ्गिए मिनेन्द्र..

काठमाडाैं- नेपाल वायु सेवा निगमले खरिद गरेको एयरबस–३२० विमानको इञ्जिन मर्मतको ठेक्का प्रक्रियाका सम्बन्धमा उठेका प्रश्नको जवाफ खोज्न संसदको सार्वजनिक लेखा समितिले निगम संचालक समितिलाई आमन्त्रीत सदस्यका रुपमा सोमबारको बैठकमा डाकेको थियो। ११ बजे बैठक सुरु भयो। सांसदको प्रश्नको जवाफ दिन उपस्थित थिए संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह-सचिव तथा संचालक समितिका सदस्य बुद्धिसागर लामिछाने,मुक्तिराम पाण्डे, निमा निरु शेर्पा र अच्युतराज पहाडी।

समितिका सदस्यहरुले ठेक्का प्रक्रिया सँग जोडिएका प्रश्न निगम संचालक समितिका सदस्य माथि तेर्स्याउन थाले। तर सांसदको प्रश्नको प्रस्ट जवाफ भने संचालक समितिका सदस्यले दिएनन्। अधिकांश सांसदको प्रश्नमा संचालक समितिका सदस्यले संचालक समितिलाई जानकारी नभएको, भएका निर्णय व्यवस्थापनले गरेको जस्ता जवाफ दिएर उम्किन खोजे। सोधिएको प्रश्नको जवाफ प्रस्ट सँग नपाएपछि सांसदहरु आक्रोशित बन्दै गएका थिए। त्यहि आक्रोशको पोको खोले कांग्रेस सांसद मिनेन्द्र रिजालले।

"यत्रो दिनदेखि मुलुकमा यो विषयमा छलफल भइरहेको छ। त्यहि सँग जोडिएको अर्को पक्ष इन्जिनको विषयमा हामी कुरा गरिरहेका छौं। इन्जिनमा घाटा लाग्यो भन्ने कुरा आइरहेको छ। हो/होइन, मिल्छ/मिल्दैन भन्ने कुरा आइरहेको छ। यहाँ आएर तपाईहरु के भन्दै हुनुहुन्छ- हामीलाई थाहा छैन,यसबारेमा जानकारी छैन। अहिलेसम्म केही विचार पनि बनाउन सकेको छैन। अब के गर्ने त्यो पनि सोचेको छैन भन्दै हुनुहुन्छ। यो भन्दा निराशाजनक अरु के हुन्छ। तपाईहरुले लेखा समितिमा आएर यहि जवाफ दिन्छु भनेर आउनु भएको हो? यो विषयमा हामी थिएनौ, अहिले बोर्डमा आएका छौं भन्नुहुन्छ। एउटा सामान्य मान्छेले समेत नेपाल एयरलाइन्स के हो भनेर खोजेर बुझ्न खोजिरहेको छ। तपाईहरु बोर्डमा बसेको मान्छे हामीलाई केही पनि थाहा छैन भनेर सुनाउनु हुन्छ। अहिलेसम्म यस विषयमा हाम्रो केही विचार बनेको छैन भनेर भन्नुहुन्छ। तर पनि रमाइलो सँग तपाईहरु कुरा गरिरहनु भएको छ। यस किसिमको व्यवहार नगर्नुस। यो तपाईहरुको गैर जिम्मेवारीपनको पाराकाष्ठा हो।"
थप जानकारीका लागि हेर्नुहोस भिडियो:

प्रकाशित: २७ फाल्गुन २०७५ १६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App