coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दोहोरो अङ्कले बढ्यो शेयर बजार

काठमाडाैं- आइतबार प्राविधिक समस्या आएपछि कारोवारमा समस्या भएको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.२८ विन्दुले बढेर एक हजार १४२.९३ विन्दुमा पुगेको हो। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१३ विन्दुले बढेर २४३.२६ विन्दुमा पुगेको छ। 

कुल १७१ कम्पनीको १३ लाख ४७ हजार ४८ कित्ता शेयर रु ४० करोड २८ लाख ४० हजार २१३ मा खरीद बिक्री भए। स्टकका अनुसार कारोवार भएका कूल ११उपसमूहमध्ये अन्य उपसमूहको शेयर मात्रै ओरालो लागेको छ । सो उपसमूह १.६२ विन्दुले घटेको हो। यस्तै बैंकिङ १७.१८, व्यापार २.७, होटल १२.१४, विकास बैंक १०.१७, जलविद्युत् २७.९७, वित्त २.५७, निर्जीवन बीमा ७९.७२, उत्पादन ३.९६, लघुवित्त १४.२३ र जीवन बीमा ६.३६ विन्दुले बढेको छ। 

कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड ८९ लाख ८६ हजार ६६, एनआइसी एशिया बैंक रु दुई करोड २१ लाख २१ हजार ४९२, प्रभु बैंक लिमिटेड रु दुई करोड १७ लाख ५७ हजार ८२७, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु एक करोड ८२ लाख ६७ हजार २३६ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु एक करोड ७१ लाख ५९ हजार ९५५खरीद बिक्री भई अग्रस्थानमा रहे। 

स्टकका अनुसार ङादी ग्रूपका शेयरधनीले ८.७७, कञ्चन डेभलपमेन्ट बैंक ७.८४, नेशनल हाइड्रो पावर कम्पनी ६.१५, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था ५.९३, अपि पावर कम्पनीकाशेयरधनीले ५.३६ प्रतिशतले कमाएका छन् । यस्तै सेन्ट्रल फाइनान्स कम्पनी ३.६६, सपोर्ट माइक्रोफाइनान्स कम्पनी ३.४३, हाथवे फाइनान्स कम्पनी ३.२, बरुण हाइड्रो पावर कम्पनीका शेयरधनीले ३.१२ प्रतिशतले गुमाएका छन्। 

प्रकाशित: २७ फाल्गुन २०७५ १४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App