‘स्वतन्त्र मधेस’को ताण्डव देखाउने राउतलाई राजद्रोहको मुद्दा लगाउन नेकपा सांसदको माग

सोमबार, २७ फागुन २०७५, १८ : ०९ नागरिक

पोखरा– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका एक सांसदले पृथकतावादी नेता सीके राउतलाई राजद्रोहको मुद्दा लगाउन माग गरेका छन्। नेकपाका युवा नेता एवं गण्डकी प्रदेशका सांसद राजिव पहारीले पृथकतावादी नेता सीके राउत र उनका कार्यकर्तालाई राजद्रोहको मुद्दा लगाउन सरकारसँग माग गरेका हुन्।

हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको १३ औं दिनको पूण्य तिथीमा सोमवार अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीद्वारा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै सांसद पहारीले राउतले सहमति उल्लंघन गरेकाले उनलाई जेल हाल्न माग गरे। सरकारसँग भएको सम्झौताको मसी सुक्न नपाउँदै राउतको उपस्थितीमा जनकपुरमा स्वतन्त्र मधेसको नारा लाग्नु राष्ट्रघाती र जनघाती काम भएको उनको भनाई छ। 

‘विखण्डनकारी, विभाजनकारी, अलगवावादी सोच, मान्यता र गतिविधी गर्दै आएका सीके राउतले म नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमता मान्छु, शान्तिपूर्ण राजनीतिको मूलधारमा आउँछु भनेर सम्झौता गरे’, उनले भने, ‘तर, सम्झौताको मसी सुक्न नपाउँदै जनकपुरमा मधेस छुट्टै राष्ट्र हो भनेर, छुट्टै नक्सा बनाएर उनको उपस्थितीमा जुन नारा लगाउने काम भयो, त्यो राष्ट्रघाती, जनघाती काम हो। उनले सहमति उल्लंघन गर्ने काम मात्रै गरेनन् राष्ट्रघाती, राष्ट्रद्रोही गतिविधि पनि गरे। तसर्थ उनीसहित उनका कार्यकर्ताहरु जे जति त्यसमा सहभागी छन्, उनीहरुलाई सरकारले तुरुन्त राजद्रोहको मुद्दा लगाउनुपर्छ।’

नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ताभन्दा ठूलो कोही नभएको बताउँदै पहारीले नेपालको राष्ट्रियता कमजोर पार्ने छुट कसैलाई नभएको स्पटष्ट पारे। ‘कि राउतले अक्षरशः सहमति पालना गर्नुप-यो, होइन भने मनपरी गर्ने, नेपालको राष्ट्रियता कमजोर पार्ने ढंगबाट गतिविधि गर्ने छुट उनलाई छैन्। सरकारसँग भएको सहमतिलाई जालझेल वा तिकडमको खेलोमेलो बनाउने अधिकार पनि छैन्।’

कार्यक्रममा सांसद पहारीले मन्त्री अधिकारी र पुराना वामपन्थी नेता भरतमोहन अधिकारीको योगदानको चर्चा गरेका थिए। 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad