पहिला चुनावमा जाऔं अनि जनमत लिएर आफ्ना मुद्दा स्थापित गराै‌ : ज्ञवाली

बुधबार, २६ असोज २०७३, १५ : ४३ नागरिक

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले संविधान कार्यान्वयनको लागि आफ्नो पार्टी गम्भिर रहेको बताएका छन्। उनले अहिले संविधान संशोधन गर्ने बेला नै नभएको जिकिर गरे।

उनले भने, ‘संविधानले नै हामीलाई समयसिमाभित्र बाँधेको छ, अहिले संविधान कार्यान्वयनको लागि समय निकै थोरै छ, कामहरु धेरै गर्न बाँकी छन्, हामी यतिबेला संविधान संशोधनमा होइन बरु कार्यान्वयनमा फोकस हुन जरुरी छ ।’ उनले तत्काल संविधान संशोधन प्रक्रिया अघि बढाइए मुलुकमा द्धन्द्ध तथा अन्तरविरोध बढ्ने गुनासो पोखे।

उनले थपे, ‘अहिले हामीले तराई मधेस केन्द्रित दलको लागि मात्रै संशोधन गर्ने हो भने अरु साथीहरुको पनि आफ्ना असन्तुष्टिहरु छन्, सबैका कुराहरुमा अल्झिने हो भने संविधान कार्यान्वयनको लागि खै समय?’ उनले संविधान संशोधन के-के विषयमा गर्ने भन्नेबारे सत्ता पक्षले अहिलेसम्मे ठोस प्रस्ताव समेत अघि बढाउन नसकेको आरोप लगाए।

‘के-के विषयमा संशोधन गर्ने कुराहरु त ल्याउनुपर्यो नि, कांग्रेस र माओवादी केन्द्रका साथीहरुले भेगमा कुरा गरिरहनुभएको छ, यसरी त कसरी हुन्छ?,’ उनले भने।

उनले संविधान संशोधनको विषयमा अल्झिँदा संविधान कार्यान्वयन नै छायाँमा पर्ने चिन्ता व्यक्त गरे। उनले संविधान कार्यान्वयनको लागि तीनवटै निकायको चुनाव समयमै सम्पन्न गर्नुपर्ने अहिलेको आवश्यकत्तालाई बुझेर प्रमुख दलहरु अघि बढ्नुपर्ने सुझाव दिए। उनले भने, ‘अहिले स्थानीय तहको निर्वाचन भयो भने ठूलो सफलता हुन्छ, अहिले नै संशोधनको विषयमा अलमलिनु हुँदैन, पहिला चुनावमा जाऔं, जनमत लिएर आएर आफ्ना मुद्दा स्थापित गर्न पनि सकिन्छ नि।’





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad