coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ट्रंक लाइनको ट्यारिफ बिलिङमा महासंघको आपत्ति

काठमाडौं – नेपाल विद्युत् प्रधिकरणबाट विद्युत संकलन विनियमावली २०७३ अनुसार विभिन्न उद्योगी व्यवसायीलाई गरिएको पत्राचार र जारी गरिएको बिलबाट उद्योग, व्यवसाय सञ्चालनमा ठूलो समस्या परेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ।

उक्त विनियमावली अनुसार २० घन्टा वा सोभन्दा बढी समय ट्रंक प्रसारणबाट डेडिकेटेड सरहको प्रसारण सुविधा लिन छुट्टै सम्झौता गर्नुपर्ने व्यवस्था रहेकोमा सम्झौताबिना विद्युत् सेवा प्रवाह नै नगरी प्राधिकरणबाट एकै प्रकृतिको विद्युत् सेवा लिनेहरूलाई फरकफरक दरमा महसुल असुल गर्दा उद्योगी व्यवसायीको संविधानप्रदत्त हक हनन हुन जाने जिकिर गर्दै महासंघको अविलम्ब थप बिलिङ नगर्न/नगराउन अपिल गरेको छ। बिल जारी भइसकेको भए कार्यान्वयन नगराउनसमेत महासंघले माग गरेको छ।

माग बमोजिम नगरिएको खण्डमा दायित्व बहन गर्न नसक्ने बाध्यात्मक अवस्था उत्पन्न भई उद्योगहरु बन्द गर्न बाध्य हुने र परिणामस्वरूप मुलुकलाई ठूलो आर्थिक क्षति बहोर्नु पर्ने अवस्था उत्पन्न महासंघले जनाएको छ।
आक्रमण भत्र्सना
यसैबीच, महासंघले अर्को एक विज्ञप्तिमार्फत वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको निवासमा फागुन २४ गते भएको बम बिस्फोटको निन्दा गरेको छ। महासंघले व्यक्तिगत सम्पत्तिलाई लक्षित गरी गराइएका यस्ता निन्दनीय कार्य कुनै पनि सभ्य समाजका लागि सह्य नहुने जनाएको छ।

‘एनसेल टावरमा आक्रमणको घटना सेलाउन नपाउ“दै पुनः अर्को आक्रमण भएबाट निजी क्षेत्र संशकित भएको छ,’ महासंघले भनेको छ, ‘राजनीतिक स्थिरता कायम भई मुलुकभित्र आर्थिक विकासको वातावरण बनिरहेको अवस्थामा पुनः यस्ता घटना हुन थालेबाट निजी क्षेत्र अत्यन्त चिन्तित भएको छ।’

मुलुकका विभिन्न भागहरूमा निजी क्षेत्रलक्षित चन्दा आतंक तथा आक्रमण जस्ता गतिविधि बढ्न थालेको महसुस हुन थालेकाले यस्ता गतिविधिलाई गम्भीर रूपमा लिई मुलुकभित्र शान्ति सुरक्षा र अमनचयनको प्रत्याभूति दिलाउन महासंघले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।

प्रकाशित: २७ फाल्गुन २०७५ ०५:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App