coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

थापाको ‘मेरो जीवनयात्रा’ सार्वजनिक

काठमाडौं - अवकाशप्राप्त ब्रिटिस गोर्खा सेना तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका एसपी संगीतविज्ञ हस्तबहादुर थापा (पल्लीमगर)को आत्मकथा ‘मेरो जीवनयात्रा’ सार्वजनिक भएको छ। राजधानीमा गत शनिबार एक कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक, राजदूत एवं सांसद खड्गजीत बरालले सार्वजनिक गरे।

बरालले लेखक थापा नेपाल प्रहरी ब्यान्डको निर्माता भएको उल्लेख गर्दै उनकै अगुवाइमा प्रहरी ब्यान्ड एउटा नमूना ब्यान्ड बनेको बताए । ब्रिटिस गोर्खा सेनाको ब्यान्डमा कार्यरत थापालाई प्रशिक्षकका रूपमा नेपाल प्रहरीमा ल्याएर कुशल ब्यान्ड स्थापनाको भूमिका खेलेका बरालले असल प्रहरी तयार पार्न ब्यान्ड महत्वपूर्ण हुने जनाए।

अर्का पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंह, दोस्रो विश्वयुद्ध लडेका पूर्व मेजर त्रिलोकसिंह थापा क्षेत्री र कवि राजेन्द्र शलभले लेखक थापाका समग्र योगदानका बारेमा प्रकाश पारेका थिए।   

स्याङ्जामा जन्मेहुर्केका र २८ वर्ष बेलायती सेनाको ब्रिटिस गोर्खा ब्यान्डमा काम गरिसकेका हस्तबहादुर वि.सं. २०३४ सालमा नेपाल प्रहरीमा संगीत प्रशिक्षकका रूपमा प्रवेश गरेका थिए । त्यसको २० वर्षपछि प्रहरी उपरीक्षकबाट अवकाश लिएका उनी लगत्तै सशस्त्र प्रहरी बलमा संगीत प्रशिक्षककै रूपमा आवद्ध भए । उनकै नेतृत्वमा सशस्त्र प्रहरी बलमा संगीत ब्यान्डको स्थापना भएको हो। 

थापाले आफूले घुमेका, देखेका अनि भोगेका समय र घटनालाई समेटेर आत्मकथात्मक कृति प्रकाशनमा ल्याएका हुन् । उनका यसअघि ‘प्राथमिक सुरसमता मार्ग (भाग–३ सम्म)’, ‘आधारभूत स्टाफ नेटेशन तथा नेपाली पर्व, संस्कार र सांस्कृतिक धुनहरू’, ‘सरल संगीत ज्ञानमाला र परम्परागत बिगुल धुनहरू’ प्रकाशित भइसकेका छन् । पुस्तक रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो।

 

प्रकाशित: २७ फाल्गुन २०७५ ०४:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App