coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

ढाका प्रेममा ‘जानी नजानी’

फिल्म ‘जानी नजानी’का निर्देशन बसन्त अधिकारी(बायाँ), नायिका निरिशा बस्नेत र नायक मनिष श्रेष्ठ। तस्बिर : आर्यन बिमली

काठमाडौं - कुनै समय केटा र केटीले आफ्नो माया साट्न रुमाल वा कुनै चिनो दिन्थे। समयको परिवर्तनसँगै रुमालको परिमार्जित रूपमा गुलाबको फूल आयो। अब यो माया कर्पोरेट प्रेम बनिसकेको छ। फिल्ममा नायकले नायिकालाई प्रेम व्यक्त गर्न गुलाबको फूल नै दिनुपर्ने दृश्य देखाइरहँदा आगामी चैत १ गते रिलिज हुने फिल्म ‘जानी नजानी’ मा भने दर्शकले केही फरक प्रेम अर्थात ‘कर्पोरेट प्रेम’लाई हेर्न पाउनेछन् । जहाँ ढाका कपडालाई प्रेमको माध्यम बनाइएको छ।

फिल्ममा सिचुएसनल प्रेमकथा छ । अन्य फिल्मको जस्तो केटीको बाबु वा दाई भिलेन भएर केटा र केटीबीच द्वन्द्व आउने कथा छैन् ।

फिल्मका लेखक सामिप्यराज तिमल्सिना दर्शकले फिल्ममा  पूर्ण प्रेमकथा कम मात्र पाउने बताउँछन् । ‘यो फिल्ममा सिचुएसनल प्रेमकथा छ । अन्य फिल्मको जस्तो केटीको बाबु वा दाई भिलेन भएर केटा र केटीबीच द्वन्द्व आउने कथा छैन्’, फिल्म युनिटसँगको हालैको भेटमा सामिप्यले भने, ‘यस्तो कथा हामीले लामो समसयदेखि हेरिरहेका थियौं । तर यो फिल्ममा हामीले प्रेमकथा भन्ने शैली परिवर्तन गरेका छौं । फिल्मले ढाका उद्योगको पृष्ठभूमिमा प्रेमकथा देखाउनेछ।’

उनले खराब मान्छेलाई पनि प्रेमले असल बनाउँछ भन्ने विश्वव्यापी मान्यतालाई बोकेको खुलाए । ‘पानी आफैंमा सफा हुन्छ । त्यसमा पानी मिसाएपछि पानी पानी रहँदैन’, सामिप्य खुले, ‘कथासँगै विषयबस्तुका लागि ढाका उद्योग छानेका हौं । बाबुको डुब्न लागेको ढाका उद्योग हुन्छ । त्यो उद्योगलाई उकास्न छोराले गरेको संघर्षलाई फिल्ममा देखाएका छौं । यही संघषको दौरान छोराको भेट अर्को कर्पोरेट हाउसकी युवतीसँग हुन्छ । फिल्मले पक्कै युवालाई प्रोत्साहन गर्नेछ ।’ उनले वास्तविक जीवनका कुरालाई फिल्ममा जोड्नकै लागि फेसन उद्योगमा चलेको ढाकालाई जोडेको भन्दै अन्य फिल्मको जस्तो केटाकेटी पार्कमा गएर पानीपुरी खाँदै डेटिङ गरेको दृश्य नरहेको दाबी गरे। 

फिल्ममा नायक मनिष श्रेष्ठ एक कर्पोरेट कम्पनीका मालिकको छोराको भूमिकामा देखिँदैछन् । ‘मैले दुईवटा जीवन बाँच्ने दुई चरित्र निर्वाह गरेको छु । एउटा चरित्रले जीवन मोजमस्तीमा रमाउनुपर्छ भन्ने सोच्छ । ऊ गैर जिम्मेवार किसिमको हुन्छ । तर उसको जीवनमा एक युवतीको आगमन भएपछि ढाकासँगै उसको माया पनि बस्छ’, मनिषले भने, ‘माया पाएपछि त्यो केटामा परिवर्तन आउँछ। मेरो पोशाकको आफ्नै आउटलेट भएकाले पनि मलाई यो फिल्ममा काम गर्न केही सजिलो भयो ।’ नायक मनिष अभिनेता शिव श्रेष्ठका भतिज हुन्। बाल्यकालदेखि नै पिता र शिवसँग सुटिङ सेटमा पुग्ने मनिष उनकै भनाईमा स्वस्थानी किताब पनि ‘हिरो बनुँ’ भनेर ढोग्दथे।

फिल्ममा नवनायिका निरिशा बस्नेत नायक मनिषको अपोजिटमा अर्थात प्रेमिकाको भूमिकामा देखिँदैछिन्। ‘फिल्ममा म कर्पोरेट र व्यक्तिगत जीवनलाई सन्तुलनमा ल्याउन नसकेर अन्यौलमा हुन्छु’, निरिशा भन्छिन्, ‘यो मेरो ड्रिम प्रोजेक्ट हो । कर्पोरेट तहमा फस्टाएको प्रेमलाई राम्रोसँग देखाइएको छ ।’ निरिशा अभिनेता विश्व बस्नेतकी छोरी हुन् । उनी पनि मनिषजस्तै सानै उमेरमा अवार्डदेखि सुटिङसम्म पुग्थिइन् । उनले भारतीय टेलिसिरियल ‘चन्द्र नन्दनी’मा पनि अभिनय गरेकी छन्। 

दर्जन बढी फिल्ममा मुख्य सहायक निर्देशक भई काम गरिसकेका निर्देशक बसन्त अधिकारी यही फिल्ममार्फत पूर्ण निर्देशकका रूपमा ‘डेब्यु’ गर्दैछन् । उनी आफूले राम्रो काम गरेकोमा ढुक्क छन् । ‘यो फिल्मको कथा लेखेदेखि पछिल्लोपटक फिल्म हेरुन्जेलसम्म राम्रो नै लागेको छ’, बसन्तले भने, ‘मलाई पहिला पनि फिल्मको अफर नआएको होइन । तर एउटा राम्रो फिल्म निर्देशन गरौं भन्ने सोच चाहिँ थियो।’

निर्मात्री रोशनी केसीले यसअघि नै ‘डा. खाते’ फिल्म निर्माण गरिसकेकी छन् । सन्नी सिंह, नम्रता श्रेष्ठ, रोशनी केसी, प्रकाश अधिकारी, कृष्णभक्त महर्जनलगायतको अभिनय रहेको फिल्ममा रोशनीसँगै मोदनाथ खनाल र सागरकाजी मालीको लगानी छ।

प्रकाशित: २७ फाल्गुन २०७५ ०४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App