८ वैशाख २०८१ शनिबार
समाज

बस दुर्घटनामा ६० जना घाइते

भद्रपुर-झापाको विर्तामोडस्थित पश्चिम काँटामा आज बिहान करिब भएको दुर्घटनामा ६० जना घाइते भएका छन् ।


विपरित दिशाबाट आइरहेका ना अ ख १८९८ र ना. अ. ख ६५६१ नं को यात्रुबाह बस एकआपसमा ठेक्किदा बसमा रहेका यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेको उपचार स्थानीय बिएण्डसी अस्पतालमा भइरहेको र प्रहरीले तीनकोे विवरण सङ्कलन गरिरहेको जनाइएको छ

यसैबीच रसुवाको धुन्चेमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा आर्का एक बालक सख्त घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धुन्चेबाट त्रिशूली नदीतर्फ गइरहेको वा.६८ प ८४७३ नं को मोटरसाइकलले ठक्कर दिएको हाकु– ३ का पँचवर्षीय रुवीन तामाङ सख्त घाइते भएका हुन् । अहिले उनको उपचार काठमाडौँको धापासीस्थित ग्राण्डी अस्पतालमा भइरहेको बताइएको छ ।

सो मोटरसाइकल र चालक अजय थापालाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको र घटना घटेलगत्तै घाइते बालकलाई मनाङ एयरको हेलिकप्टरबाट काठमाडौँ पठाइएको थियो । रासस

प्रकाशित: २६ आश्विन २०७३ ०८:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App