coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

साग महिला फुटबल प्रतियाेगिता : सबै टोली विराटनगरमा

मोरङ - पाँचौं साफ महिला फुटबल च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । प्रतियोगिताको तयारी पूरासँगै विराटनगर फुटबलमय भएको छ।

प्रतियोगितामा सहभागी भएका सबै देशका टोली विराटनगरमा आइतबार आइपुगेका छन्। विराटनगरमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता मंगलबारबाट सहिद रंगशालामा सुरु हुँदै छ। आयोजक राष्ट्र नेपाल र भुटानबीच मंगलबार उद्घाटन खेल हुँदै छ। 

प्रतियोगितामा भाग लिन नेपाल, भुटान, भारत, श्रीलंका, माल्दिभ्स र बंगलादेशका टोली आइतबार विराटनगर आइपुगेका छन् । प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन् । पछिल्ला समय नेपाली महिला टोलीले सफलता हात पार्ने क्रम बढ्दै गएको छ । दक्षिण एसियाली राष्ट्रमध्ये शक्तिशाली राष्ट्र छिमेकी मुलुक भारतलाई उसैको भूमिमा धेरै समयपछि पराजित गर्दा नेपाली टोली उच्च मनोबलका साथ उपाधि जित्ने दाउमा  छ। 

विराटनगरमा अन्तर्राष्ट्रिय खेलाडीको आगमनसँगै प्रहरीले सुरक्षा व्यवस्था थप कडाइ गरेको छ । सडक चेकलगायत अन्य सुरक्षा विधिलाई बढाउँदै लगेको प्रहरीले जनाएको छ । प्रहरीले खेलाडी तथा अफिसियल बसेका होटल, अभ्यास गर्ने मैदान, प्रतियोगिता हुने मैदानलगायत आवतजावत गर्ने सडकमा सुरक्षा तैनाथी बढाएको छ। प्रहरीले नयाँ प्रविधिसहित सुरक्षा रणनीति बनाउँदै प्रतियोगितालाई पूर्ण सुरक्षित बनाउने अभियान थालेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

एन्फाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै तयारी पूरा गरेको जनाएको छ । प्रतियोगितामा सहभागी हुने टोली, अफिसियलको आवास, खेलमैदानलगायतको सम्पूर्ण व्यवस्था चुस्त मिलाएको जनाएको छ । प्रतियोगिताको अनुमानित खर्च एक करोड ६५ लाख रुपैयाँ छ। एन्फाले दर्शकको सुविधाका लागि पानीको बोतलबाहेक हेलमेट, छाता, डन्डालगायत अन्य केही वस्तु लैजान निषेध गरेको छ। लिग चरणका खेलका लागि एन्फाले ३ सय र २ सय दरका टिकट बिक्री गर्नेछ। 

यसअघि नेपालले समूहचरणमा भिड्ने भुटान र बंगलादेशसँग पछिल्लो समय ५ खेलमा हारको सामना गर्नुपरेको छैन । पछिल्लो ५ खेलमा बंगलादेशसँग ४ खेलमा जित र एकमा बराबरीको अवस्था छ भने भुटानविरुद्ध पछिल्लो ५ खेलमा जितको मीठो अनुभव नेपाली टोलीसँग छ। 

प्रकाशित: २७ फाल्गुन २०७५ ०२:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App