coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकार पृथकतावादी र हत्यारा जोगाउनतर्फ लाग्यो : देउवा

बाग्लुङको कार्यक्रममा बोल्दै कांग्रेस सभापति देउवा।

संगम घर्तीमगर/बागलुङ,हरिकृष्ण गौतम/म्याग्दी
महाधिवेसनलाई टार्जेट गरेर नेपाली कांग्रेसका नेताहरु जिल्ला दौडाहमा लागेका छ । कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोईराला, नेता रामचन्द्र पौडेल लगायतका नेता गण्डकी प्रदेशमा केन्द्रित भएका छन् । कांग्रेस सभापति देउवा र नेता पौडेल लगायतका नेताहरु कहिले संयुक्त र कहिले एकल कार्यक्रम गरेर हिडेका छन् । म्याग्दीको तातोपानी कुण्डमा सभापति देउवासँगै स्नान गरेका नेता पौडेलले पोखरामा पत्रकार सम्मेलन गरे भने सभापति देउवाले आईतबार विहान म्याग्दीमा पत्रकार सम्मेलन, बाग्लुङमा कार्यकर्ता भेला र पर्वतमा पार्टी कार्यालयको उद्घाटन गरेका छन् ।

बाग्लुङमा भएको कार्यक्रममा काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले एक वर्षमा एउटा पनि सम्झन लायक काम नगरेको बताएका छन् । नेपाली काँग्रेस बागलुङले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले ओली सरकार निर्मला पन्तको हत्यारा जोगाउन लागेको बताए । 'केपी ओलीको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भैसकेको छ,' उनले भने, 'अहिलेसम्म सरकारले एउटा पनि सम्झन लायक काम गरेको छैन । सिंहदरबारकै वरिपरि रहेको निर्मला पन्तको हत्यारालाई कारबाही नगरी जोगाउन लागेको छ। हत्या हिंसा र बलत्कार बढेको छ।' देउवाले सरकार प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पारेर प्रजातन्त्र कमजोर बनाउने खेलमा लागेको आरोप बताए

'यो सरकार गठन भए देखि नै लोकतन्त्रलाई कमजोर बनाउने खेलमा लागेको छ,' देउवा भन्छन्,'अहिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतलाई कुण्ठीत बनाउने र लोकतन्त्र मास्ने काममा सरकार उद्यत देखिन्छ ।' एक वर्षमा प्रधानमन्त्रीले जे मनमा लायो त्यही बोलेर बिताएको उनको आरोप छ। 'केपी ओलीको नाम करप्रसाद ओली राख्दा पनि हुन्छ,' उनले भने। संविधान कार्यान्वयन र देशलाई अस्थीरताबाट रोक्नका लागि काँग्रेसले चुनाव हार्ने परिश्थीति हुँदा हुँदै निर्वाचन गरेको उल्लेख गरे । 

म्याग्दीमा भएको पत्रकार सम्मेलनमा सभापति देउवाले सरकार र सिके राउतबीच भएको सहमतिको पार्टीले अध्ययन गरिरहेको बताएका छन् । स्वतन्त्र मधेशका लागि आन्दोलनरत राउत समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन गरेको सहमति सकारात्मक भएपनि सरकारले बुदाँगत रुपमा गरेको सहमतिका बारेमा थप अध्ययन गर्ने बताए। आइतबार प्रेस यूनियन म्याग्दीले आयोजित पत्रकार सम्मेलनमा बोल्दै दुवैपक्ष बीच गरिएको सहमतिमा रहेको जनअभिमतको बुँदालाई गम्भीरतापूर्वक लिएको बताउँदै देश टुक्राउने गरी मधेशमा अस्थितरता ल्याउन जनमतसंग्रहको प्रयास भए पार्टीलाई अमान्य हुने बताए।

'जनमतसंग्रहको प्रयासमा सरकार लागेमा कडा प्रतिरोध गछौं,' सहमतिलाई अध्ययन गर्नुपर्ने देखिन्छु देउवाले भने। उनले आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउने प्रयास सकारात्मक भएको बताए। देशमा शान्तिसुरक्षा कायम गर्न विभिन्न समुहलाई शान्तिपूर्ण राजनीतिको मूलधाराम ल्याउने सरकारको प्रयास सकारात्मक भएपनि सरकार सञ्चालनमा सहज हुने गरी मनपरी गर्न नदिने संकेत देउवाको थियो । पत्रकार सम्मेलनमै देउवाले पार्टीभित्रको विवादलाई अन्त्य गर्ने आफ्नो प्रयास रहको बताए।उनले पार्टीभित्र विधान अनुसार चल्नुपर्ने भएपनि त्यसलाई अस्वीकार गर्ने प्रयासमा लागेकाले विवाद निकालेको बताए। महासमितिको बैठकले पारित गरेका विषयमा पत्रकारले राखेको जिज्ञासामा देउवाले पुराना सभापतिले सञ्चालन गरेको पद्धतीलाई निरन्तरता दिएको बताए।

प्रकाशित: २७ फाल्गुन २०७५ ०२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App