coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कोलम्बिया सरकार र इएलएनवीच शान्ति वार्ता हुने

कारकास-कोलम्बिया सरकार र कोलम्बियाको दोस्रो ठूलो विद्रोही सङ्गठन नेशनल लिवरेशन आर्मी (इएलएन)का वीचमा शान्ति र्वार्ता हुने भएको छ।
आउदो अक्टोबर २७ तारिखका दिन इक्वेडरमा शान्ति वार्ता गर्ने उनीहरुले सोमबार भेनेजुयलामा घोषणा गरेका हुन् ।

दुवै पक्षले शान्ति वार्ता गर्ने घोषणा सहितको संयुक्त विज्ञप्तीमा वार्ताका एजेण्डाहरुका बारेमा गृहकार्य भइरहेको जनाएका छन् ।

त्यसैगरी शान्ति प्रक्रिया, लोकतन्त्रको पुर्नसंरचना, द्वन्द्वपीडितको अवस्था सुधारलगायतका विषयमा पनि तयारी भइरहेको संयुक्त विज्ञप्तीमा जनाइएको छ ।

कोलम्बियाको सबैभन्दा ठूलो विद्रोही सङ्गठन फार्कसँग शान्ति वार्ता सुरु भएको केहीसमयपछि अर्को दोस्रो ठूलो सङ्गठन पनि शान्ति वार्तामा आएको हो। रासस/सिन्ह्वा

 

प्रकाशित: २६ आश्विन २०७३ ०७:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App