४ वैशाख २०८१ मंगलबार
समाज

३ करोड ३५ लाख ठगीमा गोपालविरुद्ध मुद्दा दायर

काठमाडौं– जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले तीन करोड ३५ लाख ठगीको गरेको अभियोगमा गोपाल शिवाकोटी चिन्तनसहित चार जनलाई मुद्दा दर्ता गरेको छ। वरिष्ठ अधिवक्ता चिन्तन त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक हुन्। 

मानवअधिकारको क्षेत्रमा समेत काम गर्दै आएका चिन्तनले पछिल्लो समय कानुन विषयको विश्वविद्यालय बनाउने प्रलोभन देखाएर प्रतिष्ठित व्यक्तिहरुसँग पैसा उठाउँदै आएका थिए। काठमाडौं जिल्ला अदालतमा दर्ता भएको मुद्दामा चिन्तनका अलावा नुवाकोटका बद्रीकुमार थापा, चिन्तनकी पत्नी कमला सिटौला, बद्रकी पत्नी कल्पना थापा बुढाथोकीलाई प्रतिवादी बनाइएको छ। 

आइतबार ढिलो गरी मुद्दा दर्ता भएका कारण उनीहरूलाई भोलि अर्थात् सोमबार मात्र अदालत उपस्थित गराइने छ।  सिटौला र कल्पना थापा भने फरार रहेकाले अदालतबाटै म्याद तामेल गर्न आग्रह गरिएको छ। अदालतमा दर्ता भएको मुद्दामा चिन्तनले कलेज सञ्चालनका लागि पैसा उठाएको स्विकारेका छन्। उनले सरकारी वकिलसँगको बयानमा भनेका छन्– ‘मैले पैसा उठाएर बद्रीलाई दिएको हुँ।’ 

बद्रीले भने उक्त रकम तिर्ने दायित्व चिन्तनको भएको बयान दिएका छन्। उनीहरुले रामकुमारी प्रसाईलाई ललितपुरस्थित एकान्तकुनाको जग्गा पास गरिदिने सर्तमा ६४ लाख ८५ हजार रुपैयाँ लिएका थिए।

जग्गा प्रसाईंलाई नदिई उनीहरुले अर्कै व्यक्तिलाई दिएका थिए। यसरी जग्गा दिने भनेर झुक्याई पैसा ठगेकोसमेत मुद्दामा खुलाइएको छ। प्रसाईं चिन्तकी फुपूकी छोरी हुन्। 
 

प्रकाशित: २६ फाल्गुन २०७५ १४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App