७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकारलाई कांग्रेसको प्रश्न : पानीजहाज नआएसम्म हिलो र धुलोबाट त्रस्त भइराख्नुपर्ने हो?

काठमाडौं– नेपाली कांग्रेसकी सचेतक एवं सांसद पुष्पा भुसालले हिलो र धुलो व्यवस्थापन गर्न माग गरेकी छिन्। आइतवारको प्रतिनिधिसभा बैठकमा बोल्दै भुसालले हिलो र धुलोबाट नागरिकहरु त्रसित रहेका बेला दुईतिहाइ बहुमतको सरकार मस्तसँग सुतिरहेको आरोप लगाइन। 

‘किन यो सरकार मस्त सुतेजस्तै सुतेको छ?’ उनले प्रश्न गरिन, ‘नागरिहरु विभिन्न कारणले त्रस्त भएको अवस्था छ। सहरमा बस्ने नागरिकहरु पानी पर्दा हिलोले, अरुबेला धुलोले त्रस्त। यो धुलोले नागरिकमा श्वासप्रश्वासको समस्या बढ्दै गएको छ। सरकारले ८० अरब बजेट खर्च गर्न नसकेको अवस्था छ। के ठूला ठूला योजना, पानी जहाज नआएसम्म नेपाली जनता हिलो र धुलोबाट त्रस्त भइराख्नुपर्ने हो? यसलाई किन व्यवस्थापन गर्न सकिँदैन?’ 

सांसद भुसालले चाँडो भन्दा चाँडो हिलो र धुलोको व्यवस्थापन गर्न मागसमेत गरिन।

प्रकाशित: २६ फाल्गुन २०७५ १०:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App