ताप्लेजुङ हेलिकोप्टर दुर्घटना : एकै दिनमा फर्कियो जाँचबुझ टोली

आइतबार, २६ फागुन २०७५, १५ : ५३ खगेन्द्र अधिकारी

ताप्लेजुङ – गएको फागुन १५ गते ताप्लेजुङको सिस्नेखोला स्थित तारेभीरमा भएको हेलिकोप्टर दुर्घटना जाँचबुझका लागि सरकारले गठन गरेको समिति एकैदिनमा काठमाडौं फर्किएको छ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जना सवार हेलिकोप्टर दुर्घटनामा परेको विषयमा छानविन गर्न सरकारद्धार गठित जाँचबुझ समिति आइतबारै राजधानी बिहान पाथीभरा मन्दिर पुगेको समितिले दिउँसो घटनाका प्रत्यक्षदर्शी,स्थानीय बासिन्दा र प्रहरी टोलीसँग सुकेटारमा छलफल गरेको थियो।

घटनाका प्रत्यक्षदर्शी, स्थानीय बासिन्दा र प्रहरी टोलीलाई हेलिकोप्टरमा काफ्लेपाटीबाट सुकेटार ल्याएर त्यहिँ छलफल गरेपछि टोली काठमाडौं फिर्ता भएको हो। पाथीभरा मन्दिर पुगेको टोलीले त्यहाँका पुजारी र घटनासँग सरोकार राख्ने अन्यसँग मन्दिर परिसरमै जानकारी लिएको थियो। दुर्घटना भएकै दिन नेपाल सरकार, मन्त्रीपरिषद् बैठकले नेपाल सरकारका पूर्व सचिव यज्ञ गौतमको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको थियो।

समितिमा नेपाली सेनाका सहायक रथी दीपकप्रसाद बाँस्तोला, नेपाली सेनाका अवकासप्राप्त महासेनानी क्याप्टेन प्रमोद लामा र संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिवको जिम्मेवारीमा छन्।

ताप्लेजुङमै २०६३ साल असोज ७ गते तत्कालीन वन राज्यमन्त्री गोपाल राई सहित २४ जना सवार हेलिकोप्टर दुर्घटना हुँदा सरकारले गठन गरेको जाँचबुझ समितिमा पनि गौतम सदस्य थिए। गएको बुधबारनै घटनास्थलमा आइपुग्ने लक्ष्य बनाएको समितिले जाँचबुझको गृहकार्य नसकिएको भन्दै स्थलगत भ्रमणलाई केहिदिन पर सारेको थियो। यसअघि नागरिक उड्यन प्राधिकरणको टोली समेत आन्तरिक जाँचबुझका लागि घटनास्थल खटिइसकेको छ। 







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad