७ वैशाख २०८१ शुक्रबार
खेल

रायो भालेकानोमाथि बार्सिलोनाको सहज जित

काठमाडौं – लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा ७ अंकको अग्रता कायमै राखेको छ। घरेलु मैदान नाउ क्याम्पमा शनिबार राति सम्पन्न खेलमा रायो भालेकानोविरुद्ध ३–१ को सहज जित निकाल्दै बार्साले उपाधि यात्रा मजबुत बनाएको छ।

बार्सिलोनाले एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै सहज जित निकालेको हो। खेलको २४ औं मिनेटमा राउल डी थोमसले २० यार्डबाट उत्कृष्ट गोल गरेपछि बार्सिलोनाविरुद्ध रायो भालेकानोले अग्रता लिएको थियो । थोमस रियल मड्रिडबाट लोनमा रायो भालेकानो पुगेका हुन्।

तर, ३८ औं मिनेटमा लियोनल मेस्सीको पासमा डिफेन्डर जेरार्ड पिकेले हेडमार्फत गोल गरेपछि बार्साले खेलमा बराबरी गरेको थियो। पहिलो हाफमा १–१ को बराबरी खेलेको बार्सिलोनाका लागि ५१ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाए।

८३औं मिनेटमा इभान राकिटिचको पासमा लुइस स्वारेजले गोल गरेपछि बार्सिलोनाले ३–१ को अग्रता बनायो। तर, त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र बार्साले महत्वपूर्ण ३ अंक जोडयो। जितसँगै शीर्ष स्थानको बार्सिलोनाले २७ खेलबाट ६३ अंक जोडेको छ। पराजित भालेकानोको समान खेलबाट २७ अंकसहित १९ अंक छ।

त्यस्तै राति नै भएको अर्को खेलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिडले लेगानेसमाथि १–० को कठिन जित निकालेको छ। एथ्लेटिकोको जितमा एकमात्र निर्णायक गोल खेलको ५० औं मिनेटमा साउल निगुएजले गरेका थिए।

एथ्लेटिकोको २७ खेलबाट ५६ अंक छ। पराजित लेगानेस ३३ अंकका साथ १३ औं स्थानमा छ। त्यस्तै अन्य खेलमा गेटाफेले ह्युस्कालाई २–१ ले पराजित गर्दा आलाभेस र एइबरले १–१ को बराबरी खेल्दै अंक बाडेका छन्।

प्रकाशित: २६ फाल्गुन २०७५ ०५:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App