सहकारीका ३१ चिया प्रशोधन उद्योग

आइतबार, २६ फागुन २०७५, १० : ४५ दिलीप पौडेल

काठमाडौं - व्यक्तिगत लगानीमा सञ्चालित चिया उद्योगबाट हरियो चियापत्तीको उचित मूल्य नपाएपछि चिया सहकारीको पहलमा ३१ उद्योग खुलेका छन्।

केन्द्रीय चिया सहकारी संघको पहलमा चिया प्रशोधन उद्योग खुलेका हुन्। संघका महासचिव रविन राईले अहिले ३१ चिया प्रशोधन उद्योग सञ्चालनमा ल्याएको जानकारी दिँदै थप उद्योग पनि स्थापना गर्ने तयारीमा रहेको नागरिकलाई बताए। सहकारीले उद्योग सञ्चालन गरेपछि किसानले विगतका तुलनामा करिब दोब्बर मूल्य पाएका छन्। सहकारीले चिया उद्योग खोलेपछि उद्योगको संख्या ९५ पुगेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ। निजी क्षेत्रबाट साना तथा ठूला गरी ६४ चिया उद्योग सञ्चालनमा छन्।

चिया प्रशोधन उद्योगमा चिया सहकारी र चिया किसानले लगानी गरेका छन्। सहकारीले उद्योगमा न्यूनतम ३० लाखदेखि १२ करोड रुपैयाँसम्म लगानी गरेका छन्। चिया उद्योग सञ्चालन गर्न चिया तथा कफी विकास बोर्डलगायत सरकारी तथा दातृ निकायले पनि सघाएका छन्। सहकारीका किसान सदस्यले उद्योगमा न्यूनतम पाँच हजारदेखि १० लाख रुपैयाँसम्म लगानी गरेका छन्। साना किसान चिया उत्पादक सहकारी संस्था झापा हल्दिबारीले आफ्ना सदस्यले उत्पादन गरेको चिया खरिद गर्न उद्योग स्थापना गरेको छ। चिया प्रशोधन उद्योग सञ्चालनमा ल्याएपछि किसान सदस्यले उचित मूल्य पाएको साना किसान सहकारीका अध्यक्ष हर्क तामाङले बताए। ‘आफैं चिया उद्योग सञ्चालन गरेपछि विगतमा भन्दा करिब दोब्बर मूल्य पाएका छन्,’ अध्यक्ष तामाङले भने, ‘किसान उद्योगका मालिका भएका छन्।’

सहकारीले उद्योग सञ्चालन गरेपछि किसानले विगतका तुलनामा करिब दोब्बर मूल्य पाएका छन् ।

सहकारीले चिया आफैं उत्पादन गरेर बजारमा बिक्री गर्छन्। सहकारीले उत्पादन गरेको तयारी चिया बिक्री गर्न केन्द्रीय संघले सघाएको छ।  सहकारीले चिया उद्योग सञ्चालन गरेपछि उचित मूल्य पाएको इलामका चिया किसान कृष्ण  सुवेदीले बताए। सुवेदीका अनुसार विगतमा ४० रुपैयाँ किलोमा बिक्री गर्ने अर्थोडक्स चियाको अहिले किलोको ८० रुपैयाँ पाएका छन्। ‘चिया कहाँ बेच्ने भन्ने बजारको चिन्ता छैन,’ इलामेली चिया सहकारी संस्था लिमिटेडका अध्यक्षसमेत रहेका सुवेदीले भने, ‘सहकारीले उद्योग सञ्चालन गरेपछि किसानलाई निकै राहत पुगेको छ।’

चिया खेती हुने क्षेत्रमा चिया सहकारीको संख्या एक सय १० रहे पनि ३१ सहकारीले मात्र उद्योग सञ्चालन गरेका छन्। चिया सहकारीले उद्योग सञ्चालन गरेपछि किसानलाई धेरै फाइदा पुगेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए। ‘आफ्नै सहकारीमा बिक्री गर्दा उचित मूल्य पाएका छन्,’ गौतमले भने, ‘उत्पादित चिया बिक्रीबाट पनि फाइदा लिएका छन्।’

इलाममा ४१ वटा चिया सहकारी, पाँचथरमा १३, तेह्रथुममा नौ, धनकुटामा नौ, झापामा आठ, ललितपुरमा नौ, उदयपुरमा चार, रामेछापमा चार, भोजपुरमा एक, दोलखामा चार, खोटाङमा एक, मोरङमा एक, धादिङमा दुई, ओखलढुंगामा दुई, सोलुखुम्बुमा एक, संखुवासभामा दुई चिया सहकारी छन्। उचित मूल्य पाएपछि किसान  उत्साहित छन्। सहकारीले उद्योग सञ्चालनमा ल्याएपछि हरियो चियापत्तीको मूल्य दोब्बरसम्म बढेको छ। विगत वर्षमा हरियोपत्ती चिया किलोको आठदेखि १० रुपैयाँमा बिक्री गरेकोमा यो वर्ष १८ रुपैयाँ किलोमा बेचेको झापाका किसानले बताए।

झापाको मेची नगरपालिका वडा नं. ४ मा रहेको शुभ चिया किसान सहकारी संस्था लिमिटेडले त्यहाँका किसानले उत्पादन गरेको चिया खरिद गर्छ। किसान सदस्यकै सहभागितामा स्थापना भएका सहकारीले चियाको उचित मूल्यसहित बजारीकरणमा सहयोग पु¥याएपछि किसानलाई राहत पुगेको छ। सिटिसीमात्र नभएर अर्थोडक्स चिया उत्पादन गर्ने किसानलाई पनि निकै फाइदा पुगेको छ। सहकारीले अर्गानिक चियालाई पनि प्रोत्साहन गर्दै आएका छन्। उत्पादित चियाको बजारीकरणमा सघाउन चिया सहकारी स्थापना गरेको केन्द्रीय चिया सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद दाहालले बताए। ‘सहकारीद्वारा सहकारी उद्योग स्थापना गर्ने क्रम जारी छ,’ दाहालले भने। सहकारीले तयारी सिटिसी चिया दुई सय रुपैयाँ किलो र अर्थोडक्स ६ सय रुपैयाँ किलोमा बिक्री गर्दै आएका छन्। सहकारीले चिया भारत, नेदरल्यान्ड, अमेरिका, फ्रान्स, जर्मनीलगायत मुलुकमा बेच्दै आएका छन्।

चिया विदेशी मुद्रा आर्जन गर्ने माध्यम बनेको चिया तथा कफी विकास बोर्डका कार्यकारी योजना अधिकृत गौरव लुइँटेलले बताए। ‘कृषिजन्य उत्पादनमध्ये चियामा हामी आत्मनिर्भर भएका छौं,’ लुइँटेलले भने, ‘चिया बेचेर विदेशबाट रकम भिœयाउन सफल भएका छौं।’ अहिले यहाँ उत्पादन भएको सिटिसी चिया ६० प्रंतिशत र अर्थोडक्स चिया ९० प्रतिशत अन्तर्राष्ट्रिय बजारमा बिक्री हुन्छ। अहिले नेपालबाट वार्षिक करिब तीन अर्ब रुपैयाँको चिया निर्यात हुँदै आएको छ। चिया खेतीका लागि पूर्वी नेपाल उर्वर मानिन्छ।

नेपालका १४ जिल्लामा व्यावसायिक चिया खेती छ। ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर र रामेछापमा व्यावसायिक चिया खेती हुन्छ। यी जिल्लामा चिया सहकारीले काम गर्दै आएका छन्। हाल नेपालमा १२ हजार ६६ हेक्टरमा नौ हजार दुई सय ३६ वटा चिया बगान छन्। आठ हजार आठ सय ३८ हेक्टरमा परम्परागत र एक हजार एक सय हेक्टरमा अर्गानिक चिया खेती हुन्छ। मुलुकमा एक करोड ६० लाख ३६ हजार किलो सिटिसी र २६ लाख ७० हजार किलो अर्थोडक्स चिया उत्पादन हुने गरेको चिया तथा कफी विकास बोर्डको तथ्यांक छ।

स्वदेशमा उत्पादित सिटिसी चिया ६० प्रतिशत र अर्थोडक्स ९० प्रतिशत विदेशी बजारमा बिक्री हुन्छ। १४ जिल्लामा ११ करोड ६७ लाख ५१ हजार चियाका बोट छन्। वार्षिक १० करोड ८० हजार किलो हरियो चियापत्ती उत्पादन हुन्छ। यसबाट दुई करोड २२ लाख ४० हजार किलो प्रशोधित चिया तयार हुने बोर्डले जनाएको छ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

ज्वेलरी एक्सपोको रौनक

ज्वेलरी एक्सपोको रौनक

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोनको ब्याट्रीलाई धेरै वर्षको प्रयोग पछि पनि राम्रो टिक्ने कसरी बनाउने ? ...

कम लागतमा बलियो घर कसरी बनाउने ?

कम लागतमा बलियो घर कसरी बनाउने ?

सस्तो भनेर अत्याधिक सस्तो खोज्यौं भने हामीले सोचे जस्तो बलियो घर बन्दैन । हामीले घरको नक्साको कुरादेखी घरको डिजाइन, घर...