८ वैशाख २०८१ शनिबार
अर्थ

पर्वतारोहीका लागि तयारी खाना

काठमाडौं - पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकलाई खानका लागि तयारी प्याकिङ खाद्य पदार्थ बजारमा ल्याइएको छ । ‘एभरेस्ट ट्रेकर्स फ्युल’ ब्रान्डमा नेपालमा पहिलोपटक सार्वजनिक गरिएको खाद्य पदार्थ हाल तीन किसिमका रहेको बताइएको छ । एक वर्षभित्र दाल, भातसहित २० वटा खाद्यान्न प्याकेटमा ल्याइने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। 

अमेरिकी प्रविधिमा तयार गरिएका ती खाद्य पदार्थमा रहेको ९९ प्रतिशत पानीको मात्रा हटाई माइनस ४० डिग्री तापक्रममा प्याकेजिङ गरिने भएकाले १५ वर्षसम्म पनि खान सकिने पर्यटन व्यवसायी एवं सो खाद्य वस्तुका प्रवद्र्धक सिर्जन सिंखडाले बताए। उनले पर्यटन क्षेत्रमा मात्र नभई सुरक्षाकर्मी, उद्धारकर्मी र सर्वसाधारणका लागि पनि सहजरुपमा लैजान र तयार गर्न सकिने बताए।  

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य दिपक महतले खाद्य पदार्थमा रहेको पानीको मात्रा हटाइएकाले बोक्न सजिलो हुने हुँदा पर्वतारोहण तथा पदयात्राका लागि निकै सजिलो हुने दाबी गरे । प्याकेजिङ गरिएको खाद्यवस्तु १० गुणा बढी हल्का हुनुको साथै प्रोटिनयुक्त हुने, कुनै रसायन नराखिएको र स्वादयुक्त भएकाले उच्च पर्वतीय क्षेत्रका लागि उपयोगी हुने उनको भनाइ छ। 

कार्यक्रममा ग्रेटे हिमालयन ट्रेल एड्भेन्चरका प्रबद्र्धक से ब्याक्लीले यो खाना बनाउने मेसिन निर्माण गर्न तीनदेखि साढे तीन वर्ष लाग्ने बताए । नेपाल योग एसोसिएसनका उपाध्यक्ष कुमार थापाले यो हिमाली क्षेत्रको लागि समयसापेक्ष खाना भएको भन्दै यसको प्रवद्र्धनमा लाग्नुपर्ने बताए । 

 

प्रकाशित: २६ फाल्गुन २०७५ ०४:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App