coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बेलिब्रिजका लागि सामग्री ढुवानी सुरु

सोलुखुम्बु - सोलुखुम्बुको दिप्लीघाटमा राखिने बेलिब्रिजका सामग्री ढुवानी सुरु गरिएको छ । जयरामघाटस्थित सुनकोशी नदीमा राखिएको मौज्दात बेलिब्रिजका सामग्री दिप्लीस्थित दूधकोशी नदीमा राख्न ढुवानी सुरु गरिएको प्रदेश १ का सांसद उत्तम बस्नेतले जानकारी दिए । जयरामघाटमा मोटरेबल निर्माण भएपछि ब्रिजका सामग्री मौज्दातको रुपमा रहेका थिए ।

६४ टन ब्रिजका सामग्री ट्याक्टरमार्फत थुलुङ दूधकोशी गाउँपालिका र सोताङ गाउँपालिकाको सिमानामा पर्ने दिप्लीसम्म शनिबारदेखि ढुवानी सुरु गरिएको हो । ढुवानी सम्पन्न हुनासाथ उपभोक्ता समितिमार्फत पुल निर्माण कार्य अघि बढाइने तयारी गरिएको छ । बेलिब्रिज निर्माणको काम सोताङ गाउँपालिकाको निगरानीमा सम्पन्न हुने सांसद बस्नेतले बताए । ब्रिज निर्माणका लागि प्रदेश सरकारले ४६ लाख बजेट छुट्याएको छ भने निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममार्फत ३० लाख विनियोजन गरिएको छ । बेलिब्रिज निर्माणका लागि सोताङ र महाकुलुङ गाउँपालिकाले पनि बजेटको व्यवस्था मिलाएको छ ।

दूधकोशी नदीमा बेलिब्रिज बने दूधकोशी पारिका दुई गाउँपालिकामा यातायात सञ्चालन गर्न सहज हुनेछ । हिउँदमा ह्युमपाइपको सहायताबाट यातायात सञ्चालन गरिने सो क्षेत्रमा नदीमा पानीको बहाव बढेसँगै सडक सम्पर्क टुट्दै आएको छ ।

 

प्रकाशित: २६ फाल्गुन २०७५ ०४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App