७ वैशाख २०८१ शुक्रबार
समाज

सुधारिँदै रक्तसंचार प्रक्रिया

काठमाडौं - नेपालमा रक्तसञ्चार प्रक्रियाको असर घट्न थालेको एक अध्ययन सर्वेक्षणले जनाएको छ। राष्ट्रिय रक्तसञ्चार ब्युरोले गरेको अध्ययन प्रतिवेदनले सन् २०१८ मा रक्तसञ्चार प्रक्रियाको असर अघिल्लो वर्षको तुलनामा कम रहेको जनाइएको हो।

वितेको वर्ष अर्थात् सन् २०१८ मा राष्ट्रिय रक्तसञ्चार ब्युरोले राजधानीका दुई ठूला अस्पतालले पठाएको नमुना तथा प्रतिवेदनको अध्ययन तथा विश्लेषणबाट यस्तो निष्कर्ष निकालेको हो। प्रतिवेदनअनुसार यो वर्ष १३ प्रतिशतमा मात्र असर देखिएको जनाइएको छ।

राजधानीका चार वटा अस्पतालले आफ्नो रक्तसञ्चार प्रक्रियाको रिपोर्ट पठाउने प्रतिबद्धता जनाए पनि गंगालाल हृदय केन्द्र र ओम अस्पतालले पठाउन नसकेको ब्युरोले जनाएको छ । यो वर्ष परोपकार प्रसूति अस्पताल र नेपाल क्यान्सर अस्पतालले मात्र रक्तसञ्चार प्रक्रियाको प्रतिवेदन पठाएका थिए।

राजधानीका दुई अस्पतालबाट संकलन हुन आएका एक हजार १२ वटा नमुनामध्येमा १३ प्रतिशतमा मात्र सामान्य तहको असर पाइएको हो। शरीरमा ज्वरो आउने, चिलाउने, नाडीको चाल तलमाथि हुनेलगायतका समस्या देखिएका थिए। ती मध्येमा १२ वटा नमुना पुनः जाँचका लागि पठाइएकोमा १० वटा नमुना रगत लिनेको र २ वटा रगत दिनको थियो। ती मध्येमा दुई जना दाताको नमुनामा एचआइभी र भिरंगी थियो। यी दुवै नमुना पुनःपरीक्षण गरिएको थियो। परीक्षणको परिणाम सम्बन्धित केन्द्रलाई जानकारी दिइएको थियो।

अनुगमन अध्ययनपछि ब्युरोले रक्तसञ्चार केन्द्रका कर्मचारीलाई रक्तसञ्चार प्रक्रियाको पूर्ण तालिम दिनुपर्ने, अस्पतालमा आधारित रक्तसञ्चार केन्द्रलाई थप बलियो बनाउनु पर्ने, रगत लिने र दिनेलाई बलियो जानकारी दिनुपर्ने, रगत परीक्षणको प्रक्रियालाई बलियो बनाई गम्भीर असरबाट बचाउनु पर्ने, रगत जाँचमा गम्भीर बनेर रगत लिनेहरुमा एन्टिबडी हुन नदिन हरेक तहमा समयमै परीक्षण गर्नुपर्ने जस्ता सुझाव दिएको छ।

राजधानीका चार वटा अस्पतालले आफ्नो रक्तसञ्चार प्रक्रियाको रिपोर्ट पठाउने प्रतिबद्धता जनाए पनि गंगालाल हृदय केन्द्र र ओम अस्पतालले पठाउन नसकेको ब्युरोले जनाएको छ। सुरुका वर्षमा केही अस्पतालको मात्र रक्तसञ्चार अनुगमन गर्न सम्भव भएको र विस्तारै यो कार्यक्रमलाई विस्तार गर्दै जाने ब्युरोले जनाएको छ। यो वर्ष परोपकार प्रसूति अस्पताल र नेपाल क्यान्सर अस्पतालले मात्र रक्तसञ्चार प्रक्रियाको प्रतिवेदन पठाएका थिए। रक्तसञ्चार प्रक्रियाको सुरुदेखि पछिसम्मको अवस्थामा ध्यान दिन सके रगत लिने क्रममा हुनसक्ने गम्भीर असरबाट सबैलाई बचाउन सकिने उनीहरुले सुझाएका छन्। नेपालमा अहिले पनि स्थानीय तहका अस्पतालमा रगत परीक्षण प्रक्रियामा प्रयोग हुने किट भरपर्दो नभएको कारण पर्याप्त असर हुने गरेको ब्युरोका अधिकारीहरुले बताए।

रक्तसञ्चारको हरेक तहमा ध्यान पु-याउँदा झ्याली अवस्थामा रहेको एचआइभी संक्रमण, हेपाटाइटिस, भिरंगी, एन्टिबडी विकासजस्ता रोगहरुबाट रगत लिने व्यक्ति र त्यसमा काम गर्ने प्रविधिकलाई बचाउन सक्ने ब्युरोकी संयोजक डा. रेखा मानन्धरले बताइन्। नेपालमा रगत संकलन केन्द्र, प्रयोगशालाहरु अहिले पनि प्रविधिक ज्ञान तथा उपकरणले पर्याप्त बन्न नसकेको जनाइएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भने झ्याली अवस्थामा रहेको एचआइभी पनि परीक्षणको व्यवस्था छ। बुधबार नै ब्युरोले रक्तसञ्चारको रिपोर्ट पठाउने दुई अस्पताललाई कदरपत्र प्रदान गरेको छ। जसमा परोपकार प्रसूतिगृह र नेपाल क्यान्सर अस्पताल रहेका छन्।

प्रकाशित: २६ फाल्गुन २०७५ ०४:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App