८ वैशाख २०८१ शनिबार
समाज

अमेरिकी डलरसहित पक्राउ

काठमाड – महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैध अमेरिकी डलरसहित एकजनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रमा अमेरिकी डलर बोकेर हिँडिरहेको अवस्थामा काठमाडौंका ४२ वर्षीय तिमोथी नकर्मीलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले अवैधरूपमा १०० दरको १५ हजार अमेरिकी डलर बोकेर हिँडिरहेको अवस्थामा नकर्मीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका नकर्मीसँग थप अनुसन्धान भइरहेको छ ।

यसैगरी महानगरीय प्रहरी वृत्त बालाजुले जुवातास खेल्ने पाँचजनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले तारकेश्वर नगरपालिका–५ मुड्खुस्थित ग्रीन गार्डेन फ्यामिली रेष्टुरेन्टमा जुवातास खेल्ने पाँचजनालाई शुक्रबार रात पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले तास र रु ३७ हजार ५०५ बरामद गरेको छ ।(रासस)–

प्रकाशित: २६ फाल्गुन २०७५ ०४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App