८ वैशाख २०८१ शनिबार
कला

‘सिजन्स’ को पुनरागमन

काठमाडौं - हेटौंडाका संगीतकर्मीहरूको सांगीतिक समूह ‘सिजन्स ब्याण्ड’ झण्डै १४ वर्षपछि चौथो एकल एल्बम लिएर श्रोता र दर्शकमाझ आएको छ । २०६१ सालमा आफ्नो तेस्रो एल्बम ‘सात तियाँ एक्काइस’ मार्फत श्रोतामाझ आएको यो समूह १४ वर्षपछि चौथो एकल एल्बम ‘सिजन्स द न्यू बिगिनिङ’ लिएर आएको हो।

व्याण्डमा सुजिल कर्माचार्य, ज्ञानेन्द्र प्रधान, चन्द्र लामा, शैलेन्द्र प्रधान, सञ्जय श्रेष्ठ र उपेन्द्र श्रेष्ठ छन् । विगतमा ब्याण्डले गाएका गीतमध्ये ‘सुनेको कुरा’, ‘असार साउन’, ‘रातो माटो’, ‘असफल जिन्दगी’, ‘सपना मात्र’ लोकप्रिय छन्।

समूहले २०५६ सालमा पहिलो एल्बम ‘ख्याल ख्यालैमा’ तथा २०५८ सालमा दोस्रो एल्बम ‘सिजन्स’ सार्वजनिक गरेको थियो । ब्याण्डको नया“ एल्बमका गीतहरूमा आध्यात्मिक भाव बढी पाइन्छ । ब्याण्डले शिवरात्रीको पूर्व सन्ध्या तथा विजया एकादशीको अवसर पारेर चौथो एल्बमको पहिलो गीत ‘भन्छन् नारायण’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ। 

 

प्रकाशित: २६ फाल्गुन २०७५ ०३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App