coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

विदेशी बजारमा अजितको मिथिला कला

काठमाडौं - पिता व्यापार व्यवसायमा लागे पनि उनकी आमा भने घरमै चित्र कोर्थिन् । मिथिला समुदायमा पूजाका लागि बनाइने ‘अपिरण’ले उनको ध्यान तानिरह्यो। आमाले ‘अपिरण’ बनाएको देखेका उनलाई आमाको त्यो कलाले मोहित बनायो । व्यापारी पिताले उनलाई सीए बनाउन चाहे पनि उनले भने आमाकै बाटो अर्थात् मिथिला चित्रकला नै रोजे । आमाको बाटोलाई समातेका उनी अर्थात् अजित साहलाई अहिले यही कलाले नै विश्व घुमाइरहेको छ।

उनले बनाएका चित्रमध्ये करिब ४० प्रतिशत चित्र मात्र नेपालमा बिक्री हुन्छन् । बाँकी ६० प्रतिशत चित्रकला अमेरिका, जापान, नेदरल्याण्ड, यूके, इटली र चिनियाँ बजारमा पुग्छन् ।

जनकपुर उपमहानगरपालिका–४ महावीर चोकका अजितले वाणिज्य संकायमै स्नातक गरे पनि पेशा भने आमाकै रोजे । ‘पूजा गर्नु अघि आमाले चामलको पिठोसहित विभिन्न ज्यामितीय आकारको अष्टदलसहितको ‘अरिपण’ बनाउहुन्थ्यो । म स्कुल जाँदा आमाले बनाएको चित्र देख्थें । आमाले बनाउनुभएको चित्र देखेरै म पनि त्यस्तो बनाउन खोज्थें । चित्रमा रुची भएकाले पनि कक्षामा चित्रकलामा जहिल्यै पहिलो बन्थें’, अजितले भने, ‘म पटकपटक आमालाई मलाई पनि चित्र बनाउन रहर लाग्यो भन्दा उहाँ मलाई रोक्नुहुन्थ्यो । आमाबाबु महिलाले गर्ने काममा छोराको ध्यान जान थाल्यो भनेर चिन्तित हुनुहुन्थ्यो । आर्टमा पुरस्कार पाउँदा बुवा खुशी हुनुभए पनि उहाँ चित्र बनाउने काम नगर नै भन्नुहुन्थ्यो ।’

पिताको चाहना विपरित चित्र बनाइरहँदा उनले जीटीजेटबाट ‘थाङ्का’ चित्र बनाउने तालिमको आयोजना ग¥यो । उनी यो तालिम लिन काठमाडौं आएपछि तालिमका प्रशिक्षकले मिथिला कलाको राम्रो विकास भइरहेकाले मिथिला कलालाई नै उठाउन सल्लाह दिए । यही सल्लाह अनुरुप उनले जनकपुरको गाउँ घुमेर महिलाहरूले बनाएका चित्रको फोटो खिचेर त्यसकै चित्र बनाउन थाले ।

२०४१ सालमा काठमाडौंको एवन बजारमा चित्रकलासँगै हस्तकलाको प्रदर्शनी भएको थियो । त्यहाँ अजितले आफ्ना चित्रकलाको स्टल पनि राखेका थिए । उनका अनुसार अन्य स्टल भन्दा उनको स्टलमा दर्शकको भीड बढी थियो । अजितको चित्रबाट प्रभावित आयोजकले अजितका पितालाई भेटेरै छोराको कलाको प्रगतिबारे सुनाएका थिए । छोराले बांगोटिंगो चित्र कोरेको देखाउँदा रिसाउने पिता त्यही चित्रलाई अरुले मनपराउँदा छक्क परेछन् । 

अजित आफ्नो चित्रकला देखाउनकै लागि सन् २००३ मा पहिलोपटक जापान पुगे । जापानमा साप्लानियर नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको चित्रकला प्रदर्शनीमा अजितले आफ्नो चित्रकला प्रदर्शनको मौका मात्र पाएनन् । त्यहाँबाट उनले कलामा कस्तो रंग प्रयोग गर्ने, त्यो रंगले कस्तो काम गर्छ भन्ने कुरा पनि सिके । जापान बसाइमा उनले ‘एन्सियेन्ट मिथिला’ नामक चित्रकलाको प्रदर्शनी पनि गरे । जापानको प्रदर्शनी अजितका लागि आफ्नो चित्रकला अन्तर्राष्ट्रिय बजारमा पुर्याउने एउटा ‘टर्निङ प्वाइन्ट’ बन्यो ।

उनले बनाएका चित्रमध्ये करिब ४० प्रतिशत चित्र मात्र नेपालमा बिक्री हुन्छन् । बाँकी ६० प्रतिशत चित्रकला अमेरिका, जापान, नेदरल्याण्ड, यूके, इटली र चिनियाँ बजारमा पुग्छन् । उनले बनाएका चित्रकलाहरू अमेरिका, जापान तथा थाइल्याण्डका विभिन्न स्थानमा पुगिसकेका छन् । उनले सन् २०१६ मा अमेरिकाको बोस्टनस्थित ब्ल्याक इण्डियन ग्यालरी, अमेरिकाको डेस्मोनियामा सोलो आर्ट एक्जिबिसन र अमेरिकाकै एओवामा भएको ‘एसियन आर्ट फेयर’मा सहभागिता जनाइसकेका छन् ।

अजितले जनकपुर आर्ट एण्ड क्राफ्ट्स नामक संस्था दर्ता गरेर ३४ महिलालाई रोजगारी पनि दिएका छन् । यो संस्थाको सबै काम उनकी श्रीमति रिनाले हेरेकी छन्।

प्रकाशित: २६ फाल्गुन २०७५ ०३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App