७ वैशाख २०८१ शुक्रबार
समाज

जन्ती बस दुर्घटना हुँदा १ को मृत्यु, ११ घाइते

चितवन  – जन्ती लिएर माडी जाँदै गरेको बस शनिबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। ना ७ ख २२८ नम्बरको बस दुर्घटना हुँदा माडी नगरपालिका वडा नम्बर २ का २४ वर्षीय मिथुन चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका चौधरीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। दुर्घटनामा ११ जना घाइते भएका छन्। घाइतेहरूको उपचार भरतपुर अस्पतालमै भइरहेको उनले बताए।

बस माडी नगरपालिकाबाट चितवनको रत्ननगर नगरपालिकाको टाँडीमा जन्ती लिएर आएको थियो। दुलही लिएर फर्केको बस राष्ट्रिय निकुञ्जभित्र रहेको सडकखण्डमा शनिबार साँझ सवा ५ बजे दुर्घटना भएको हो। अनियन्त्रित भएर बस पल्टिएको प्रहरीले जनाएको छ। फरार रहेका बसका चालकको खोजी भइरहेको छ।

प्रकाशित: २६ फाल्गुन २०७५ ०२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App