coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ट्याक्टर पल्टिँदा चालकको मृत्यु

सर्लाही – जिल्लास्थित बाग्मती नगरपालिकामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। बाग्मती नगरपालिका–१२ स्थित क्षेत्रीय सडकमा लु २ त ३३४३ नम्बरको ट्याक्टर पल्टिँदा चालक यज्ञबहादुर बुढाथोकीको मृत्यु भएको हो।

जिरायतबाट आलु बोकेर कर्मैयातर्फ आउँदै गरेको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा बाग्मती नगरपालिका–१, थिङ टोलका चालक ४६ वर्षीय बुढाथोकी गम्भीर घाइते भएका थिए।

उनकोे उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको सर्लाही जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शनिबार पोस्टमार्टम गरी शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ। ट्याक्टरमै सवार चालक बुढाथोकीका दुई छोराछोरी र दुई कामदार भने सकुशल छन्।

प्रकाशित: २६ फाल्गुन २०७५ ०२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App