coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

६७ लाखको भवन शिलान्यास

बर्दियाको बाँसगढी नगरपालिका–८, लक्ष्मणास्थित पूर्णहिरा माध्यामिक विद्यालय भवन शिलान्यास गर्दै नगरपालिका प्रमुख शालिकराम अधिकारीलगायत।

बर्दिया - बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ८, लक्ष्मणास्थित पूर्णहिरा माध्यामिक विद्यालयका लागि सुविधासम्पन्न पक्की भवन निर्माण हुने भएको छ। नागरिक दैनिकका संस्थापक अध्यक्ष एवं स्थानीय समाजसेवी हेमराज ज्ञवालीले स्थापना गरेको उक्त विद्यालयका लागि नयाँ भवन बनाउन लागिएको हो। शनिबार उक्त भवनको शिलान्यास गरिएको छ।

ज्ञवाली परिवारको स्वामित्वमा रहेको जग्गामा विद्यालय स्थापना गरी २०४४ पुस ९ गते समुदायलाई हस्तान्तरण गरिएको थियो। उक्त विद्यालयका लागि शौचालयसहितको ६ कोठे पक्की भवन निर्माण गर्न लागिएको हो। भवन निर्माणका लागि बाँसगढी नगरपालिकाले २७ लाख र प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजन गरिसकेका छन्। साथै प्रदेश सरकारले थप २० लाख बजेट उपलब्ध गराउने नीतिगत निर्णय गरको स्थानीय अभिभावकले जनाएका छन्।

नागरिक दैनिकका संस्थापक अध्यक्ष एवं स्थानीय समाजसेवी हेमराज ज्ञवालीले स्थापना गरेको पूर्णहिरा माविका लागि सुविधासम्पन्न भवन बनाउन लागिएको हो। शनिबार भवनको शिलान्यास गरिएको छ।

शनिबार बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले भवनको शिलान्यास गरेका छन्। आवश्यक्ता हरेरे भवन निर्माणका लागि लक्ष्मणास्थित पूर्णहिरा माध्यमिक विद्यालय छनोटमा परेकाले बजेट विनियोजन गरिएको नगरपालिका प्रमुख अधिकारीले बताए। ‘भौतिक पूर्वाधार निर्माण शीर्षकमा नगरपालिकासँग बजेट थियो,’ उनले भने, ‘भौतिक पूर्वाधारका हिसाबले तुलनात्मक रूपमा कमजोर भएकाले नगरपालिकाले पूर्णहिरा विद्यालय छनोट गरेको हो।’
विद्यालयका संस्थापक स्वर्गीय हेमराज ज्ञवालीको योगदानको स्मरण गर्दै विपन्न विद्यार्थी अध्ययन गर्ने विद्यालयलाई सुविधासम्पन्न बनाउन लागिएको उनले बताए। ‘पढ्नका लागि टाढा–टाढा जानुपर्ने पर्ने बेलामा विशेष गरी थारू समुदायका बालबालिका पढ्न पाउन् भनेर खोलिएको विद्यालय हो,’ नगरपालिका प्रमुख अधिकारीले भने, करिब तीन दशकअघि सञ्चालन भएको यो विद्यालय स्थानीय विद्यार्थीका लागि उपयोगी भएकाले भवन निर्माणका लागि छनोट गरिएको हो।’

उक्त विद्यालयलाई भौतिक पूर्वाधारसम्पन्न बनाउन प्रदेश र स्थानीय सरकारको सहयोग सह्रानीय भएको विद्यालयका प्रधानाध्यापक गोपाल सुवेदिले बताए। ‘विपन्न विद्यार्थीका लागि यो विद्यालय एकमात्र अध्ययन गर्ने थलो बनेको छ,’ उनले भने, ‘समयअनुसार यसलाई सुविधासम्पन्न बनाउन जरुरी छ।’ भवन निर्माणपछि विद्यालयमा प्राविधिक शिक्षा पनि सञ्चालन गर्ने योजना रहेको प्रधानाध्यापक सुवेदीले सुनाए। माध्यामिक शिक्षाका लागि यो विद्यालय अब्बल रहेको दाबी गर्दै उनले थपे, ‘प्राविधिक शिक्षा सञ्चालन गर्न सके स्थानीय विद्यार्थी थप लाभान्वित हुने ठानेका छौं।’ उक्त विद्यालयका लागि कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको आवश्यक्ता रहेको उनले बताए।
शिलान्यास कार्यक्रममा वडाअध्यक्ष तुलप्रसाद गौतमले विद्यालयको स्तरोन्नतिका लागि प्रदेश र स्थानीय सरकारले गरेको बजेटले ठूलो सहयोग पुगेको बताए। ‘हामीलाई भवन निर्माण सहयोग गर्ने सरकारलाई धन्यवाद दिन चाहन्छौ,’ उनले भने, ‘भवन निर्माणपछि अगामी वर्ष प्राविधिक शिक्षा सञ्चालन गर्ने हाम्रो तयारी हुनेछ।’

यस्तै कार्यक्रममा वडासदस्य प्रकाशचन्द्र पंगेनीले भवन निर्माणपछि विपन्न विद्यार्थी अध्यनका लागि सहयोग पुग्ने धारणा राखे। ‘विद्यालयका लागि पक्की भवन बन्ने भएपछि हामी सबै खुसी भएका छौं,’ उनले भने, ‘भवन निर्माणपछि पठनपाठन सहज हुनेछ।’
कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष बाबुराम पंगेनीले प्रदेश र स्थानीय सरकारको सहयोगले विद्यालयमा गुणस्तरीय शिक्षा सञ्चालन गर्न सहयोग पुग्ने धारणा राखे। कार्यक्रममा नागरिक दैनिकका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली, स्थानीय अभिभावक, कर्मचारी, निर्माण तथा अनुगमन समितिका पदाधिकारीलगायत स्थानीयको सहभागिता थियो।

प्रकाशित: २६ फाल्गुन २०७५ ०२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App