७ वैशाख २०८१ शुक्रबार
राजनीति

'विप्लव' काे नेकपाप्रति कठाेर बन्न गृहमन्त्रीकाे निर्देशन

फाइल तस्बिर।

सुर्खेत - गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपा माओवादीलाई नियन्त्रण गर्नका लागि कठोररूपमा प्रस्तुत हुन सुरक्षा अंगहरूलाई निर्देशन दिएका छन् । उनले पछिल्लो केही समययता विप्लव माओवादीले देशव्यापीरूपमा ध्वंसात्मक गतिविधिहरू विस्तार गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न कठोररूपमा प्रस्तुत हुन सुरक्षा अंगहरूलाई निर्देशन दिहलेकै संविधान र कानुनको परिधिभित्र रहेर विप्लवका गतिविधि नियन्त्रण गर्नेतर्फ लाग्नुहोस्,’ कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने, ‘उनीहरूलाई कुनै पनि हालतमा फैलिन दिइनुहुन्न ।’

उनले विगतमा कतिपय पक्षबाट विप्लव माओवादीलाई संरक्षण र उत्मुक्ति दिइएकाले उनीहरूको हौसला बढेको बताए । उनले नेपालमा सशस्त्र युद्ध गर्नका लागि कुनै वस्तुगत आधार नभएकाले शान्तिपूर्ण प्रक्रियामा आउन पनि विद्रोही पक्षलाई आग्रह गरे । ‘हिजो राज्य व्यवस्थामा थुप्रै कमीकमजोरी थिए, त्यसका विरुद्ध जनताले आवाज उठाएका थिए,’ गृहमन्त्री थापाले भने, ‘अहिले त्यो अवस्था छैन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसकेको छ, देश विकास र समृद्धिको दिशामा अघि बढिरहेको छ, यस्तो अवस्थामा सशस्त्र युद्ध गर्ने तत्वको विस्तार र विकास हुने कुनै सम्भावना छैन ।’

गृहमन्त्री थापाले विप्लवका अहिलेका गतिविधि सरकारले धेरै ठूलो चुनौतीका रूपमा नलिएको पनि बताए । ‘राष्ट्रको शान्ति सुरक्षाका निम्ति केही समस्या खडा गरेको छ, तर यो ठूलो चुनौती भने होइन,’ उनले भने, ‘बेलैमा यसको नियन्त्रणका लागि सबै संयन्त्रलाई निर्देशन दिइसकेका छौं ।’

उनले वार्ता र नियन्त्रणको काम सँगै अघि बढाइएको बताए । ‘आफ्ना माग र विचार लोकतान्त्रिक विधिबाट राख्न हामीले आग्रह पनि गरेका छौं र सँगसँगै उनीहरूलाई नियन्त्रण गर्नका लागि राज्यका सबै संयन्त्रलाई निर्देशन दिएका छौं,’ उनले भने, ‘वार्तामा आएमा एउटा ढंगले समस्या समाधान हुन्छ, नआएमा संविधानको परिधिभित्रै रहेर नियन्त्रणमा लिन्छौं ।’

उनले विप्लवले स्थानीय तहमा हस्तक्षेप बढाएको सूचना आफूहरू कहाँ आइपुगेको बताए । ‘स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूलाई सुरक्षा दिन सुरक्षा संयन्त्रहरूलाई निर्देशन दिइएको छ,’ उनले भने, ‘जनप्रतिनिधिको सुरक्षा दिन र नियन्त्रण गर्न हामी प्रतिवद्ध छौं ।’

गृहमन्त्री थापाले राष्ट्रिय एकता र अखण्डताका लागि चुनौतीका रूपमा रहेको सिके राउत समूहलाई राष्ट्रको मूल धारमा ल्याउन आफूहरू सफल भएको बताए । ‘छुट्टै देशको नारा दिएर क्रियाशील रहेको समूहलाई राष्ट्रको मूल धारामा समावेश गरेका छौं, समस्यालाई लोकतान्त्रिक धारबाट समाधान गरेका छौं,’ उनले भने, ‘यो सरकारको सफलता हो ।’

प्रकाशित: २६ फाल्गुन २०७५ ०१:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App