५ वैशाख २०८१ बुधबार
अन्य

सुत्ने कसरी, उठ्ने कसरी ?

खाना खानेबित्तिकै सुत्नु हुँदैन । खाएको कम्तीमा पनि १ घण्टा फरक र सके दुई घण्टा फरकमा सुत्नु पर्छ । बेलुकी १० बजे सुत्नु र सूर्य उदाउनुअघि उठ्नु लाभदायक हुन्छ । 

निद्रा आरामको अवस्था हो । निद्रालाई अचेत अवस्था पनि भनिन्छ । जुन अवस्थाबाट मानिस सजिलै बिउँझिन सक्छ । स्वस्थ व्यक्तिको मापदण्ड स्वस्थ निद्रा हो । स्वस्थ हुन निद्रा अति आवश्यक पर्छ । मानिसलाई मात्र होइन, सबै जीवजन्तुलाई पनि आराम अर्थात् निद्रा चाहिन्छ । निद्राले दिनभर कामले थाकेको शरीरलाई आराम दिई पुनः ऊर्जा दिन्छ । तनाव, थकान र आलश्य हटाई शरीरलाई स्वस्थ बनाउँछ । स्वस्थ निद्राले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । दिमागको तेज बढाउँछ, पढाइमा ध्यान केन्द्रित गर्न सहयोग पु¥याउँछ । मानिसलाई फुर्तिलो, हँसिलो र जाँगरिलो बनाउँछ । 

बेलुकी राम्रोसँग निदाउन सकेन भने बिहान अप्ठ्यारो हुन्छ । त्यति मात्र होइन, अनिद्राले शरीरमा आलस्य बढाउँछ । पाचन प्रक्रियामा अवरोध भई कब्जियत हुन्छ । फलस्वरूप मोटोपन भई अरू रोगहरू चिन्ता, तनाव, मुटु रोग, उच्च रक्तचाप जस्ता रोग लाग्न सक्छ । 

सुत्दा जहिले पनि ढाड, गर्धन र टाउको सिधा हुनुपर्छ । बाङ्गो भएर, कुचुक्क परेर सुत्नाले शरीरको रक्तसंचारमा गडबडी हुन जान्छ । ढाड र गर्धनमा नशा च्यापिने सम्भावना हुन्छ । त्यसैले सुत्दा जहिले पनि खुकुलो र सिधा भएर सत्नु पर्छ।

प्रकृतिले हामीलाई काम गर्न ‘दिन’ र आरामका लागि ‘रात’ दिएको हो । त्यसैले रातमै सुत्नु लाभदायक छ । हाल मानिसको व्यस्तताका कारण सुत्ने र उठ्नेको ठेगान हुँदैन । जसले हाम्रो दैनिक क्रियाकलाप र स्वास्थ्यमा असर पारेको हुन्छ । अहिले बालबालिकामा पनि फेसबुक, मोबाइल, ल्यापटप जस्ता कुराले धेरै प्रभाव पारेको छ । यिनीहरूमा धेरै समय दिएर सुत्ने समय कम भएको छ । परिणाम विहान उठ्नेबित्तिकै बालबालिकामा जाँगरको कमी, शरीरमा थकान, चिढचिढाहपन, सानो कुरामा पनि रिसाउने, खानामा अरुचि भएको पाइन्छ । 

मोबाइल, टिभी, ल्यापटपको धेरै प्रयोगले आँखाको समस्या आउने, अनिद्रा हुने, टाउको दुख्ने जस्ता समस्या हुन्छ । बालबालिकाको पढाइसँगै अतिरिक्त क्रियाकलाप बढी हुने भएकाले निद्राको आवश्यकता अझ बढी हुन्छ । 

कम सुत्नाले स्वास्थ्यमा खराब हुन्छ भने धेरै सुत्नाले पनि असर पार्छ । निद्रा र पाचन प्रक्रियाको सिधा सम्बन्ध हुन्छ । सुतेको समयमा शरीर खानेकुरा पचाउनतिर लाग्छ । कम सुत्नाले खाएको खाना पूर्ण रूपमा पाचन हुन पाउँदैन भने धेरै सुत्नाले पाचन भएर बाँकी भएको फोहर निष्कासनमा ढिलो भई समस्या हुन्छ । त्यसैले ठिक समयमा सुत्ने र ठिक समयमा उठ्ने गर्नु पर्छ । 

सामान्यतः मानिसलाई ६ देखि ८ घण्टा निद्रा आवश्यक पर्छ । गहिरो निद्रा लागेमा ५–६ घण्टाको निद्राले पनि पुग्छ । बालबालिका र विद्यार्थीलाई भने ७ देखि ९ घण्टा निद्रा आवश्यक पर्छ । दिउसोमा सुत्नु हुँदैन तर, राति निद्रा पुगेको छैन भने दिउँसो ३० मिनेट जति एक झप्की सुत्नु राम्रो हुन्छ ।  

निद्राको समयावधि उमेर र मानिस अनुसार फरकफरक हुन्छ । त्यसैले निद्रा पुग्यो कि पुगेन भनेर कुनै ल्याबमा परीक्षण गर्नु पर्दैन । हाम्रो शरीर नै सबैभन्दा राम्रो ल्याब हो । बेलुकी सुतेर उठ्दा शरीरमा कुनै अप्ठेरो र असजिलो भएन भने, उठ्नेबित्तिकै शरीर हलुका र मन आनन्दित भयो भने निद्रा पुग्यो भनेर बुझ्नु पर्छ ।  

सुत्नुअघि भारी खाना खानु हुँदैन । एउटा भनाइ छ, ‘बिहानको खाना आफ्नो लागि खानु, दिउँसोको खाना साथीसँग बाँडेर खानु र बेलुकीको खाना शत्रुलाई छोड्नु ।’

बिहान र दिउँसोको तुलनामा बेलुकी हल्का आहार खाँदा शरीरलाई पचाउन सजिलो हुन्छ । जति रात छिप्पिँदै जान्छ उति हाम्रो पाचन प्रक्रिया निस्क्रिय  हुँदै जान्छ । त्यसैले खाना ८ बज्नुअघि खानु राम्रो । ढिलो खाएको खानाले स्वास्थ्यलाई लाभ गर्दैन ।

अचेल अधिकांशको जीवनशैली धेरै काम र थोरै आराममा बितेको छ । स्वस्थ हुन काम र आरामको सन्तुलन मिल्नु पर्छ । व्यस्तताको कारण खानेबित्तिकै सुत्छौ र उठ्नेबित्तिकै हतारहतार काममा लाग्छौ । बेलुकी खाना खानेबित्तिकै सुत्नु हुँदैन । खाना खाएको कम्तीमा १ घण्टा फरक र सके दुई घण्टाको फरकमा सुत्नु पर्छ । बेलुकी १० बजे सुत्नु र सूर्य उदाउनुअघि उठ्नु स्वास्थ्यका हिसाबले निकै स्वस्थकर हुन्छ । खाना खानेबित्तिकै सुतेमा एक छिन खानाले झपक्क निद्रा लाग्ने र पछि बिउँझिने र निद्रा नलाग्ने हुन्छ । निद्राको कमीले शरीर धेरै गल्ने, थकान हुने, तनाव, चिन्ता बढ्ने हुन्छ । यसले गर्दा गर्नु पर्ने काम गर्न सकिँदैन । बालबालिकामा निद्राको कमीले पढाइमा कमी हुने, अतिरिक्त क्रियाकलापमा कमी आउने, दिमाग डल हुने हुन्छ ।

निद्रा नलाग्ने कारण 

मुख्य कारण अनुचित खानपान हो । खानामा सागसब्जी र फलफूलको कमी हुनाले । त्यसैले बालबालिकालाई जंकफुडभन्दा छोक्राबोक्रा भएका खानेकुरा खान प्रेरित गर्ने ।

बढी गरिष्ठ भोजनको प्रयोग गर्नाले । चिया, कफी बढी नुन भएका खानेकुरा, चिल्लो पिरो खानेकुराले निद्रा लाग्दैन । 

शरीरमा पानीको कमी हुनाले ।

तनाव, चिन्ताले पनि निद्रा कम लाग्छ । बढी धपेडीका कारण पनि निद्रामा असर पर्छ । 

बढी कम्प्यूटर खेल्नाले, धेरै टिभी हेर्नाले ।  

बिहान व्यायामको कमीले । 

ध्यान पु¥याउनु पर्ने कुरा 

ड्ड राति १० बजेभित्र सुत्ने र सूर्य उदाउनुअघि उठ्ने । बालबालिकालाई बिहान ५ देखि ६ बजेसम्म उठाउने बानी गर्ने ।

ड्ड खाना खानेबित्तिकै नसुत्ने । खाएको २ घण्टापछि मात्र सुत्ने । 

ड्ड सुत्नुअघि मन तातो पानी आधादेखि १ गिलास पिउने । 

ड्ड सुत्नुअघि दाँत माझ्ने । हात, खुट्टा, मुख सफा गरेर मात्र सुत्ने ।

ड्ड सिरकले मुख छोपेर सुत्नु हुँदैन । यसले गर्दा स्वच्छ अक्सिजनको कमी हुन्छ ।

ड्ड सुत्दा मोबाइल खेल्ने, गीत सुन्ने, टिभी हेर्ने बानी गर्नु हुँदैन । सुत्नुअघि उचित विचार दिने खालका किताब पढ्नाले निद्रा राम्रो लाग्छ र नकारात्मक कुराले असर गर्दैन । 

ड्ड सुत्दा मुखमा केही राखेर सुत्ने, बच्चालाई चकलेट, बिस्कुट जस्ता कुरा राखेर सुत्नु हुँदैन । यसले पाचन प्रणालीमा असर पर्छ । 

ड्ड उठ्दा हस्याङफस्याङ गर्दै उठ्नु हुदैन । बिस्तारै आनन्दसँग उठ्नु पर्छ । उठ्नेबित्तिकै १२ वर्षमुनिका बालबालिकाले २ गिलास र १२ बन्दा माथिकाले ३ देखि ४ गिलास मन तातो पानी खानु पर्छ । यसले आन्द्रामा जमेको फोहोर निष्कासन गर्न सहयोग गर्छ । अरू बेलामा पनि प्रति घण्टा १–१ गिलासका दरले पानी पिउनु पर्छ । स्कुल र घरमा पनि अभिभावक र शिक्षकहरूले पानी पिउने सल्लाह दिनु पर्छ ।

सुत्ने उपयुक्त तरिका

सुत्दा जहिले पनि ढाड, गर्धन र टाउको सिधा हुनुपर्छ । बाङ्गो भएर, कुचुक्क परेर सुत्नाले शरीरको रक्तसंचारमा गडबडी हुन जान्छ । ढाड र गर्धनमा नशा च्यापिने सम्भावना हुन्छ । त्यसैले सुत्दा जहिले पनि खुकुलो र सिधा भएर सत्नु पर्छ ।

सवासन

उत्तानो परेर सुत्ने । खुट्टा हल्का फटाउने र हात सिधा राख्ने । तकिया ३–४ अंगुलभन्दा बाक्लो नराख्ने । यसरी सुत्दा रक्तसंचार राम्रो हुन्छ ।

दायाँबायाँ कोल्टो सुत्ने

दायाँबायाँ कोल्टो सुत्दा खुट्टा र हातलाई बढी खुम्च्याएर सुत्नु हुँदैन । कोल्टो सुत्दा खुट्टा एक माथि अर्को राख्ने र हल्का खुम्च्याउने, हात हिपमाथि राखेर सुत्ने । यसरी सुत्दा केही कुरामा असर पर्दैन । तर ध्यान दिनु पर्ने कुरा दायाँबायाँ दुख्ने समस्या छ भने दुखेको भागबाट नसुत्ने र उत्तानो सुत्नु नै उपयुक्त हुन्छ ।

सुत्ने कोठा 

सुत्ने कोठा हर्दम सफा र हावादार हुनुपर्छ । गुम्सिएको कोठामा सुत्दा अक्सिजनको कमी भई समस्या हुन सक्छ । कोठा उज्यालो पस्ने हुनु पर्छ । राति भने कोठामा बत्ती निभाएर सुत्नु आँखाको लागि लाभदायक हुन्छ । 

लुगा

सुत्दा हलुका र खुकुलो लुगा लगाउनु पर्छ । कस्सिएको लुगाले शरीरमा रक्तसंचारमा अवरोध हुन्छ ।

बिछ्यौना

सुत्ने बिछ्यौना धेरै लचकदार हुनु हुँदैन । बिछ्यौना धेरै खुकुलो र नरम भएमा शरीरको सन्तुलन मिल्दैन । तकिया बाक्लो हुनु हुँदैन । हल्का कडा र सिरानी चार अंगुलभन्दा बाक्लो राख्नु हुँदैन । 

स्वस्थ हुनलाई निद्रा मात्र होइन उचित आहार, उचित विहार र उचित विचार हुन आवश्यक छ । खानामा जहिले पनि सागसब्जी र फलफूल अनिवार्य हुन्छ । उचित विहार भन्नाले हिँड्दाबस्दा र उभिँदा जहिले पनि ढाड, गर्धन र टाउको सिधा खुकुलो हुनु पर्छ । ठिक समयमा सुत्ने र उठ्ने अनि ठिक समयमा खाने गर्नु पर्छ । साथै विचार पनि उचित हुनुपर्छ । अभिभावक र शिक्षकले विद्यार्थीलाई सही खानपानमा प्रोत्साहन गर्नु पर्छ ।

प्रकाशित: २५ फाल्गुन २०७५ ०६:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App