८ वैशाख २०८१ शनिबार
प्रवास

राष्ट्रसंघका महासचिव अन्टोनियोसमक्ष राईद्धारा ओहोदाको प्रमाणपत्र पेश

अमेरिका- संयुक्त राष्ट्रसंघका लागि नेपालका नवनियूक्त आवासीय प्रतिनिधि अमृत बहादुर राईले यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। यहि मार्च ४ तारिकमा कार्यभार सम्हाल्न यूर्योक आईपुगेका राईले एक औपचारिक कार्यक्रममा ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।

ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा महासचिव अन्टोनियो गुटेरेजसले नेपाली सेनाले राष्ट्रसंघमा शान्ति स्थापनाको लागि दिएको उच्च योगदानको स्मरण गर्दै राष्ट्रसंघमा नेपालको योगदानप्रति आभार प्रकट गरेको नेपाल प्रतिनिधि राईले नागरिकन्यूजसँग बताए।

यसैबीच राष्ट्रपति विद्यादेवि भण्डारी मार्च ११ तारिक राष्ट्रसंघको महासभामा भागलिन अमेरिका आउने कार्यक्रम रहेको छ। राष्ट्रपति भण्डारीद्धारा संयुक्त राष्ट्रसंघको ६३ औ महासभामा (कमिसन अन द स्टाटस अफ वीमेन) सिएसडब्ल्यू सेसनमा १२ तारिक अपरान्ह सम्बोधन गर्ने कार्यक्रम रहेको राईले बताए। राष्ट्रपति भण्डारी मार्च ११ तारिकमा अमेरिका आउने र १४ तारिक स्वदेश फर्किने कार्यक्रम रहेको छ।  

प्रकाशित: २५ फाल्गुन २०७५ ०४:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App