coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

झापा गोल्डकप : आयोजक झापा उपाधिनजिक

दमक – थ्री स्टार क्लबलाई हराउँदै आयोजक झापा–११ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। झापाले रुस्लान थ्री स्टार क्लबलाई टाइब्रेकरमा ३–१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो। जितसँगै आयोजक झापाले कम्तिमा ६ लाख ५ हजार रुपैयाँ नगद पुरस्कार सुरक्षित गरेको छ। 

झापा गोल्डकपको चौथो सिजनसम्म आइपुग्दा आयोजक झापा लगातार चौथोपटक फाइनलमा प्रवेश गरेको छ। यद्यपि, झापाले हालसम्म उपाधि रक्षा भने गर्न सकेको छैन। निर्धारित ९० मिनेटको खेल बराबरी भएपछि १५ मिनेट समय थप गरिएको थियो। थपिएको मिनेटमा पनि गोल हुन नसकेपछि टाइब्रेकरबाट खेलको निर्णय गरिएको थियो।

टाइब्रेकरमा थ्री स्टारका रजिन धिमालले मात्र गोल गर्न सके। बुद्ध लिम्बुको प्रहार रोकियो भने रूपेश केसी र मिङ्चेन तामाङको प्रहार बाहिरियो। झापाका हेमन गुरुङ र कर्ण लिम्बुको प्रहार पनि थ्री स्टारका गोलरक्षक एलेन न्यौपानेले रोकेका थिए। तर, पुजन उपरकोटी, देवेन्द्र तामाङ, र गोलरक्षक दिनेश थापामगरले गोल गर्न सफल भए।

टाइब्रेकरमा थ्री स्टारका रजिनले गोल गर्दा बुद्ध लिम्बुको प्रहार रोकियो भने रूपेश केसी र मिङ्चेन तामाङको प्रहार बाहिरियो। झापाका हेमन गुरुङ र कर्ण लिम्बुको प्रहार पनि थ्री स्टारका गोलरक्षक एलेन न्यौपानेले रोकेका थिए। तर, पुजन उपरकोटी, देवेन्द्र तामाङ, र गोलरक्षक दिनेश थापामगरले गोल गर्न सफल भए।

खेलको २०औं मिनेटमा झापाका लागि विदेशी खेलाडी फ्रान्सिस ओएमीले गरेको कडा प्रहार पोस्ट नजिकैबाट बाहिरियो। ८२औं मिनेटमा काजिम बुखासरीको हेडर बार छुँदै बाहिरिँदा झापाले खेलमा अग्रता लिने अवसर गुमायो। थ्री स्टारका सुशील राईले मिलाइदिएको पासलाई अजयी मार्टिनले डीबक्सबाट गरेको हेडर बाहिरियो। गोलरक्षक दिनेश थापामगर बिट भइसकेको अवस्थामा ३० औं मिनेटमा शुसील राईको हेडर झापाका दिलेन लोक्तामले जोगाए। 

७३औं मिनेटमा अजय मार्टिनको कडा प्रहार बारमा लागेर फर्कियो। म्यान अफ दी म्याच मगमग झापा–११ का गोलरक्षक दिनेश थापामगर घोषित भए। उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाए। शनिबारको अन्तिम सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र क्यामरुनको दाउफिन्स क्लबबीच हुने आयोजकले जनाएको छ। 

बिर्तामोडको हिम इलेक्ट्रोनिक्सले प्रदान गर्दै आएको २८ इन्चको एलइडी टेलिभिजन बिर्तामोडका देवेन निरौलाले पाएका छन्। टिकट काटेर खेल हेर्न आएका दर्शकमध्ये लक्की ड्रबाट निरौलाले टेलिभिजन हात पारेका हुन्। 

जितपछि झापाका प्रशिक्षक प्रवेश कटवालले नतिजाप्रति सन्तोष व्यक्त गरे। मार्क गरेका खेलाडीले अपेक्षित प्रदर्शन गर्न नसकेको उनले बताए। फाइनलमा आउने टोदी हेरेर नयाँ रणनीति बनाउने उनले बताए। थ्री स्टारका प्रशिक्षक मेघराज केसीले निर्धारित समयमा स्कोर गर्न नसक्दा हार व्यहोर्नुपरेको बताए। उनले दर्शकले उत्कृष्ट खेल हेर्न पाएको भन्दै खेल व्यवस्थापनको प्रशंसासमेत गरे। 

प्रकाशित: २५ फाल्गुन २०७५ ०४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App