coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

ओली – दाहाल एकैसाथ मधेश झर्दै, सुरक्षा व्यवस्था कडा

राैतहट - पूर्व नेकपा एमाले र माओवादीबीच एकिकरण पश्चत पहिलो पटक सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मधेशमा आमसभा गर्न लागेको छ।  

पार्टीकाे पूर्व निर्धारित कार्यक्रम अनुसार नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल एकैसाथ मधेश झर्न लागेका छन्।  नेकपा प्रदेश २ ले रौतहटको गरूडामा आमसभाको आयोजना गरेको हो।

आमसभालाई मध्ये नजर गरी तराइको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। ओली सरकारले सबै शक्ति तराइमा केन्द्रित गरी सम्भावित खतरा टार्न कोशिस गरिरहेको विष्लेषकहरुको भनाई छ। उच्च स्रोतका अनुसार अायाेजित सभामा सिके राउतका कार्यकर्ताहरू पनि सहभागी हुनेछन्।

प्रकाशित: २५ फाल्गुन २०७५ ०४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App