यौन दुर्व्यवहारका घटनामा मिलापत्र प्रयास

शनिबार, २५ फागुन २०७५, ०८ : ४५ नागरिक

खोटाङ – खोटाङमा बलात्कार प्रयासका घटना आर्थिक प्रलोभनमा मिलापत्र गराउने प्रयास भएको खुलेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ४० वर्षीय निरकुमार विश्वकर्माले १७ वर्षीय युवतीलाई गरेको यौन दुर्व्यवहारका घटनालाई आर्थिक लेनदेनमा मिलाउने प्रयास भएको खुलेको हो ।

यौन दुव्र्यवहार भएको भन्दै फागुन १४ गते प्रहरीचौकी जालपामा निवेदन दिएकी पीडित युवती र उनका आफन्तले जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दरखास्त दिन अस्वीकार गरेपछि यौन दुव्र्यवहारको घटनालाई आर्थिक प्रलोभनमा मिलाउने प्रयास भएको खुलेको हो । सुरुमा प्रहरीचौकीमा पीडकविरुद्ध निवेदन दिएकी युवतीले जाहेरी दरखास्त दिन भने आनाकानी गरेपछि सम्झाई–बुझाई गरेर कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए ।

यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीचौकीमा निवेदन परेपछि विक फागुन १५ गते पक्राउ परेका थिए । उनले पीडित युवतीमाथि फागुन १३ गते यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । घटनाले अझै पनि बलात्कारका घटना आर्थिक प्रलोभनमा ढाकछोप हुने गरेको देखाएको छ । आरोपितले महिलाको संवेदनशील अंगमा छोएको र चुम्बन गरेको पीडित पक्षको भनाइ छ । मिलापत्र गराउने षड्यन्त्रका बीच ढिलै भएपनि पीडकविरुद्ध मुद्दा दर्ता भएको अधिकारकर्मी एवं पूर्वसभासद् दुर्गाजयन्ती राईले बताईन् । यौन दुव्र्यवहारका घटनामा मिलापत्र गराउन केही स्थानीय नेतासमेत लागि परेको स्रोतको भनाइ छ ।

प्रहरी चौकीमा निवेदन दिए पनि जिल्ला प्रहरी कार्यालयमा पुगेर जाहेरी दरखास्त दिन दुई दिनसम्म आनाकानी गरेपछि प्रहरी नै पठाएर पीडितलाई सम्झाई बुझाई गर्नुपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बलात्कार प्रयास भएको जानकारी आएपछि प्रहरीचौकीबाट खटिएको प्रहरीले समेत युवतीमाथि यौन दुव्र्यवहार भएको यकिन गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमै युवतीमाथि यौन दुव्र्यवहार भएको देखिएपछि सम्झाई–बुझाई गरेर फागुन १७ गते पीडकविरुद्ध जाहेरी दरखास्त परेको डिएसपी केसीले बताए । ‘प्रहरी चौकीमा परेको निवेदनका आधारमा पीडकलाई पक्राउ गरियो तर पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा आएर जाहेरी दरखास्त दिन अस्वीकार भयो,’ डिएसपी केसीले भने, ‘महिलाको अस्मितासँग जोडिएको विषयमा छलफल या मिलापत्र हुँदैन, कानुनी हिसाबले मुद्दा दर्ता गरेर कारबाही अघि बढाउनुपर्छ भनेर पीडितलाई जाहेरी दिन तयार पारिएको हो ।’








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad