coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘सरकार मधेसप्रति गम्भीर’

रौतहट – नेकपा प्रदेश २ अध्यक्ष एवं सांसद प्रभु साहले वर्तमान सरकार तराई मधेसप्रति गम्भीर रहेको बताएका छन्। शनिबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त रुपमा सम्बोधन गर्ने प्रदेशस्तरीय कार्यक्रमको तयारीबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा साहले नेपालकै कम्युनिस्ट आन्दोलनमा रौतहटको अति विशिष्ट भूमिका रहेकाले प्रदेश स्तरको पहिलो आमसभा रौतहटमा गर्न लागिएको बताए।

नेपालमा प्रसिद्ध किसान आन्दोलनको समयमा रौतहटको इनरबारीमा नेकपाको केन्द्रीय कार्यालय रहेको स्मरण गर्दै प्रदेश अध्यक्ष साहले भूमिगत राजनीति गरेको समयमा वर्तमान प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले रौतहटमै सेल्टर लिएकाले पनि प्रदेश स्तरको कार्यक्रमको विशेष महत्व भएको बताए।

प्रदेश २ को केन्द्रको रुपमा रौतहट रहेको र आठवटै जिल्लालाई पायक पर्ने ठाउँ रौतहटको गरुडा भएकाले गरुडामा पार्टीको पहिलो ऐतिहासिक जनसभा आयोजन गरिएको उनले बताए। कार्यक्रमका लागि सडक, पार्किङ, खानेपानी, शौचालय, श्रोताको बसाइ व्यवस्थापन तथा सुरक्षाको दृष्टिले सबै तैयारी पूरा भइसकेको जानकारी उनले दिए। देशको राजनीति तथा अन्य समसामयिक विषयमा पार्टीका केन्द्रीय नेताहरुले शनिबार आमसभाबाटै प्रस्ट पार्ने र प्रदेशका जनताको अपेक्षा पनि सम्बोधन गर्ने साहले बताए।

प्रकाशित: २५ फाल्गुन २०७५ ०२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App