अपहृत प्रदेश सांसद मल्ल मुक्त

शनिबार, २५ फागुन २०७५, ०८ : ०१ नागरिक

बझाङ - प्रदेश सांसद देवकी मल्ल (थापा) शुक्रवार अपहरणपछि मुक्त भएकी छिन्। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बझाङका सेक्रेटरी भरत मल्लको समूहले आफूलाई अपहरण गरेको सांसद मल्लले बताइन्। भरत सांसद देवकीका भाइ हुन्। बुगल नगरपालिकाबाट बिथ्डचिर गाउँपालिकामा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न जाँदै गर्दा आफूलाई केदारस्यु गाउँपालिका ५ बगडी (पाउटा) बाट नेकपाका कार्यकर्ताले शुक्रबार बिहान ९ बजे अपहरण गरी बेलुका ४ बजे छोडिदिएका सांसद देवकीले बताइन्।

बझाङ निर्वाचन क्षेत्र (ख) बाट प्रदेशसभा सदस्यमा विजयी देवकी बुगल नगरपालिका ४ खिरातडीमा स्वास्थ्य शिविर र घरेलु सिलाइकटाइ तालिम उद्घाटन गरी बिथ्डचिर गाउँपालिकातर्फ जाँदै गरेका बेला अपहरण्मा परेको बताइएको छ। चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले आफूलाई अपहरण गरी विभिन्न धम्की दिएर छाडेको सांसद देवकीले बताइन्।

चन्द नेतृत्वको माओवादीका एक नेताले दारस्यु गाउँपालिकाको देउरामा आयोजना गरिएको नेपाल महिला संघ क्रान्तिकारीको भेलामा सरकार पक्षले हस्तक्षेप गरेको र अछामबाट पक्राउ केन्द्रीय अध्यक्ष बन्दु चन्दलाई रिहा गर्न दबाब दिन सांसद देवकीलाई अपहरण गरेको बताएका छन्। सासंद देवकीका बाबु धनबहादर चन्द नेतृत्वको नेकपाका केन्द्रीय सल्लाहकार र भाइ भरत जिल्ला सचिव हुन्। चन्द्र नेतृत्वको नेकपाले भने प्रेस विज्ञप्तिमार्फत सांसद देवकीको अपहरणमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको जनाएको छ। उसले अपहरण घटनामा गम्भीर ध्यानार्कषण भएको पनि जनाएको छ।








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad