coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ओखलढुंगाकाे पिकेदेम्बामा म्याराथन हुने

तस्विर : २१ किलोमिटरको अल्ट्र हाल्फ म्याराथन आयोजना गरिएको पिके डाँडा । तस्विर सौजन्यः वाङदा शेर्पा

काठमाडौं- ओखलढुंगास्थित ४२ सय मिटर अग्लो स्थानमा पिकेदेम्वामा म्याराथन हुने भएको छ। खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहिते ओखलढुङगा पिकेडाँडाबाट २१ किलोमिटरको ‘अल्ट्रा हाल्फ म्याराथन’ हुने भएको हो । म्याराथन नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र ओखलढुङगा पर्यटन विकास समितिको आयोजनामामा चैत २३ गते म्याराथन हुने लागेको हो।

म्याराथनमा ओखलढुङगा र सोलुखुम्बुको सिमानामा रहेको पिके डाँडा र त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखिएको आयोजक समितिका अध्यक्ष ङवाङङिमा शेर्पाले बताए।

पिकेडाँडाको ४२ सय मिटरबाट शुरु हुने म्याराथन २५ सय मिटरको खिजिदेम्वा बजारमा आएर टुङगिने छ। म्याराथनमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरबाट ५० बढी प्रख्यात धावकको सहभागी हुने आयोजकले जनायो। महिला र पुरुषलाई छुट्टा छुट्टै विधा राखेर आयोजित म्याराथनमा प्रथम हुने महिला र पुरुष जनही नगद ५० हजार, दोस्रोलाई ४० हजार र तेस्रोतलाई ३० हजार सहित ट्रफी प्रमाणपत्रले सम्मान गर्ने छ।

त्यसैगरी म्यारथनमा चौथो, पाँचौ, छैटौ र सातौ हुनेलाई समेत पुरस्कारको व्यवस्था गरेको छ। आयोजकका अनुसार चौथोलाई आठ हजार, पाँचौंलाई पाँच हजार र छटौंलाई तीन हजार पुरस्कारको व्यवस्था गरिएको छ। त्यसैगरी सातौं हुनेलाई भने एक हजार पुरस्कार प्रदान गरिने आयोजकले जनकारी दिए। 

त्यस्तै खेलाडीलाई खानबस्नको व्यवस्था समेत आयोजकले गरेको अध्यक्ष शेर्पाले बताए । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेलकुद पर्यटकको सम्भावना बढी रहेकाले म्याराथनको आयोजना गरेको आयोजकको दावी छ।

सुन्दर र रमणीय क्षेत्र रहेको पिके डाँडाबाट सगरमाथा, मकालु, कञ्चनजंगा, ल्होत्से लगायतका अग्ला हिमालशिखरको नजिकबाट अवलोकन गर्न पाइने र दुई दर्जन बढी गुराँस प्रत्यक्ष हेर्न पाइन्छ। सरकारले घोषणा गरेको मुख्य सय गन्तव्य मध्ये पिके डाँडा क्षेत्र पनि मुख्य गन्तव्य हो।

 

प्रकाशित: २४ फाल्गुन २०७५ १५:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App