coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

टेम्पो महिला चालकको कथा र व्यथा

काठमाडौँ - महिला दिवसको अबसरमा महिला अधिकारको लागि विभिन्न संघ संगठनहरुले कार्यक्रम गरिरहँदा दैनिक हात मुख जोर्न धौ धौ हुने सिन्धुपाल्चोककी बर्षा क्षेत्रीलाई भने यो दिवसको कुनै प्रभाव परेन । 

एक छोरा कि आमासमेत रहेकी क्षेत्री दैनिक छाक टार्न कै लागि ८ वर्षदेखि गाडीको स्टेरिङ समाउँदै आएकी छिन् । सुरुमा हरियो माइक्रोमा हात बसाएकी क्षेत्रीले राजस्व कार्यालयको गाडी चलाउदै रिङ्गरोडको किया माइक्रो हुदै अहिले ट्याम्पु चलाउछिन् ।  

बिहान छ बजे देखि उनको दैनिकी सुरु हुन्छ । बेलुका ८ बजे सम्म निरन्तर खट्दा जेने त्यने दैनिक गुजाराका लागि पुग्ने कमाइ भएपनि बालवच्चालाई दिने समय समेत उनीसंग छैन ।    

एकातिर भान्छा चलउनकै लागि संघर्ष गरिरहदा अर्कोतर्फ आफ्नो पेशाभित्रको व्यथा पनि उस्तै छ । विभिन्न उमेर समूहका पुरुषले दुख दिने गरेको कथा उनीसंग छ ।  

पछिल्लो समय महिला सशक्तीकरण र अधिकारका बहस भै रहेपनि दैनिक गुजाराका लागि संघर्षशील महिलाहरुलाई भने यो दिवसले खासै प्रभाव पारेको देखिँदैन । 

प्रकाशित: २४ फाल्गुन २०७५ १३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App