७ वैशाख २०८१ शुक्रबार
समाज

भोजपुरमा रातो हाब्रेको छाला सहित हतियार बरामद

फाइल तस्बिर

भोजपुर – जिल्ला प्रहरी कार्यालयले विभिन्न वन्यजन्तुको छाला, अङ्ग र अवैध हातहतियार बरामद गरेको छ। प्रहरीले टेम्केमैयुङ गाउँपालिका–२ छिनामखु रुमलाका निरकुमार भुजेलको घरमा छापा मार्दा हतियारसहित दुर्लभ वन्यजन्तुको छाला फेला पारेको हो।
 
प्रहरीले विशेष सुराकीका आधारमा बिहीबार छापा मार्ने क्रममा भरुवा बन्दुक दुई थान, हाब्रेको छाला एक थान, भालुको छाला र पञ्जा एक÷एक थान, निगाले बाघको छाला एक थान, मृगको छाला एक थान बरामद गरेको छ। त्यस्तै भरुवा बन्दुकमा प्रयोग हुने ब्यारोल दुई थान र बन्दुकमा प्रयोग गरिने ४०० ग्राम बारुद बरामद गरेको छ। प्रहरीले शुक्रबार पत्रकार सम्मलेनमार्फत् सामग्री सार्वजनिक गरेको हो। 

प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेको नेतृत्वमा खटिएको टोलीले भुजेलको दुई घरमा छापा मारेर वन्यजन्तुको छाला, अङ्ग र हातहतियार बरामद गरेको हो। भुजेल भने केही समय अगाडि मात्र वैदेशिक रोजगारीमा गएको भन्ने बुझिएकाले अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थेवेले जानकारी दिए।

प्रकाशित: २४ फाल्गुन २०७५ १२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App