coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पूर्व जनमुक्ती सेनाका कमाण्डरको नेतृत्वमा निर्माण कार्यदल

श्रम बैंक अन्तर्गत रास्कोट नगरपालिकाले गठन गरेको निर्माण कार्यदल । तस्बिर : नागरिक

कालिकोट – जिल्लाको रास्कोट नगरपालिकाले पूर्व जनमुक्ती सेनाका कमाण्डरलाई निर्माण कार्यदलको नेतृत्व सुम्पकोे छ। तत्कालिन माओवादी जनमुक्ती सेनाका विग्रेड साहायक कमाण्डर सुवास खड्काको नेतृत्वमा निर्माण कार्यदल गठन गरिएको हो। तत्कालिन जनयुद्धपछि शान्ति प्रक्रियाका क्रममा सेना समायोजनमा स्वेच्छिक अवकास रोजेका पुर्व लडाकुको नेतृत्वमा कार्यदल तयार पारिएको हो।

तत्कालीन ससस्त्र युद्धमा ७० भन्दा धेरै युद्धको मोर्चामा भाग लिएका खड्कालाई रास्कोट नगरपालिकाले कमाण्डरको रुपमा जिम्मेवारी दिएको छ। निर्माण कार्यदलमा अधिकांस पुर्व लडाकु भर्ति गरिएका छन्। जसको नेतृत्व पुर्व लडाकुलेनै गरेका छन्। रास्कोट नगरपालिकाको ९ वटै वडाको नेतृत्व गर्ने गरी पुर्व लडाकु खड्कालाई निर्माण कार्यदलको जिम्मेवारी दिइएको नगरपालिकाले जनाएको छ। प्रत्येक वडाबाट २५ देखि ४० जनासम्म निर्माण कार्यदलमा आबद्ध छन्। 

तत्कालिन छैटौं डिभिजन अन्तर्गत जित विग्रेडका साहायक कमाण्डर रहेका खड्काले युवा विकासका सारथी भएकाले निर्माणको बाटो राजेको सुनाए। बेरोजगारबाट तड्पीएका युवाको नेतृत्व गर्न पाउँदा निकै खुसी भएको खड्काले बताए। उनले भने, ‘मैले ८ सय जना तत्कालिन जनमुक्ती सेनाको नेतृत्व गरेको थिए। राजनीतिक परिस्थिति फेरबदल भयो। अहिले गाउँमा विकासको नेतृत्व गरेको छु।’ सुवासले भने, ‘मसँगैका साथी अहिले नेपाली सेनाको मेजरसम्म पुगेका छन्। वेरोजगारले थला परेका युवाहरु अव नगर निर्माणमा जुटेका छौं।’ युवालाई रोजगारी दिने उद्देश्यले श्रम बैंकको निति अपनाएर निर्माण कार्यदल गठन गरिएको रास्कोट नगरपालिका मेयर कासीचन्द्र बरालले बताए। मयेर बरालले भने, ‘पहिलो चरणमा दुई सय युवायुवतीलाई रोजगारी सृजना गरेका छौ।’  

श्रम बैंक समावेसी नभएको गुनासो
रास्कोट नगरपालिकाले बेरोजगार युवालाई रोजगारी दिन श्रम बैंक सञ्चालनमा ल्याए पनि कार्यदल गठन प्रक्रियामा समावेसी नभएको नागरि समाजका अगुवा अमलराज शाहीले बताए। उनले भने, ‘आफु नजिकका आफन्त र कार्यकर्तालाइ भत्र्ति गरिएको उनले दुखेसो गरे ।’ 

रास्कोट नगरपालिका वडा नम्वर १ का स्थानीय युवा कलिन्द्र शाहीले भने, ‘हामिले रोजगार कहिले पाउँने होला ? जनप्रतिनिधिले आफ्ना आफन्त मात्र निर्माण कार्यदलमा भरेका छन् । वर्षको दुइ पटक भारतको कालापहाड जानु पर्छ । म जस्ता धेरै युवाले ढुंगा माटो फाल्ने रोजगार पनि पाएका छैनौं।’ तर, नगर प्रमुख बरालले श्रमयोग्य नागरिकलाई नगरपालिकाभित्र नै रोजगारी दिने लक्ष्य राखेर श्रम बैंकको स्थापना गरेको बताए । युवालाई निर्माणमा खटाएर नगरपालिकाभित्र कुनै पनि युवालाई बेरोजगार नराखिने उनको भनाइ छ । नगरका सबै वडाबाट बेरोजगार युवा समेटेर श्रम बैंक स्थापना गरिएको हो । जसमा १८ देखि ४९ वर्षसम्मका बेरोजगार महिला–पुरुष सदस्य रहेका छन् । उनीहरूको क्षमताअनुसार काममा लगाइने जनाएको छ । विशेष गरेर विकास निर्माणका काममा लगाइने नगरपालिकाले जानकारी दिएको छ । 

 

प्रकाशित: २४ फाल्गुन २०७५ १०:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App