७ वैशाख २०८१ शुक्रबार
भिडियो

निर्णयमा महिला कति प्रभावकारी ?

काठमाडौं – देशको सर्वोच्च पद राष्ट्रपतिमा महिला छिन् । संघीय संसद्को प्रतिनिधी सभामा पनि ३४ प्रतिशत महिला छन् । राष्ट्रिय सभामा ३७ प्रतिशत महिला छन् । 
कूल २५ मध्ये चारजना मन्त्री छन्।

केही अघिसम्म प्रधानन्यायाधीश र सभामुख पनि महिला नै थिए । ७५३ वटा स्थानीय तहका ३५ हजार ४१ जना जनप्रतिनिधी मध्ये लगभग ४१ प्रतिशत महिला छन् ।  यी तथ्यांकहरुले नेतृत्वदायी पदमा महिलाको उपस्थिति बढ्दो देखाउँछ । तर निर्णय गर्ने मामिलामा महिलाको भूमिका कस्तो छ त ? 

यसै विषयमा छलफल गर्न नागरिक न्यूज नेटवर्कले राउन्ड टेबल आयोजना गरेको थियो । उक्त छलफलमा पूर्व सभामुख एवं नेपाल कम्युनिष्ट पार्टीकी नेता ओनसरी घर्ती मगर, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल र नेपाल प्रज्ञा प्रतिष्ठानको मातृभाषा साहित्य विभागकी प्रमुख लक्ष्मी माली सहभागी थिए ।

छलफलमा पूर्व सभामुख मगरले राजनीतिक तहको आन्दोलन पूरा भए पनि सामाजिक रुपान्तरण भने बाँकी नै रहेको बताइन् । नेता भुसालले समावेशी लोकतन्त्रले महिला प्रतिनिधीत्व सुनिश्चित गरेको बताइन् । प्राज्ञ मालीले संख्यात्मक उपस्थिति बढे पनि निर्णय गर्ने मामिलामा भने अझै पनि महिला कमजोर नै रहेको धारणा राखिन्।

प्रकाशित: २४ फाल्गुन २०७५ ०९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App