८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीको समृद्ध र विकसित देश बनाउने अभियानमा साथ दिने सीके राउतको घोषणा

काठमाडौं– स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतले समृद्ध र विकसित बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अभियानमा साथ दिने बताएका छन्। 

राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै राउतले समृद्ध र विकसित देश बनाउन सबै पक्षसँग सकारात्मक सहकार्यका लागि तयार रहेको बताए। ‘सबै जनताको हित समृद्धिका लागि अघि बढौं’, उनले भने, ‘सबैको साथको आवश्यकता छ।’ 

उनले देश सकारात्मक दिशातिर, सुखद गन्तव्यको यात्रातिर प्रवेश गरिसकेको भन्दै सकारात्मक रुपमा लिएर अगाडि बढ्न आह्वान गरे। 

उनले आफ्नो ५ महिनाको जेल बसाई उपलब्धीमुलक रहेको बताउँदै जेलको अवस्था दयनीय रहेको गुनासो गरे। उनले भने, ‘क्षमताभन्दा बढी कैदी छ। यतातिर अलि सुधार होस भनेर ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रकाशित: २४ फाल्गुन २०७५ ०८:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App