१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

यामाहा एक्सटिजी १२५

काठमाडौं – नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतीक्षित अफरोड मोटरसाइकल यामाहा एक्सटिजी १२५ नेपालमा सार्वजनिक गरेको छ । 

‘मे योर ओन रोड’ अर्थात् ‘आफ्नो बाटो आफैं बनाउनुस्’ नारा सहित सार्वजनिक गरिएको एक्सटिजी १२५ पहिलोपटक नाडा अटो सोको पछिल्लो संस्करणमा प्रदर्शन गरिएको थियो । नयाँ मोटरसाइकलको मूल्य तीन लाख ९९ हजार नौ सय रुपैयाँ तोकिएको छ ।
यो बाइकमा १२४ सिसीको एअर कुल्ड, फोर स्ट्रोक, सिंगल सिलिन्डर (एसओएचसी) इन्जिन रहेको छ । जसले ७५०० आरपिएममा अधिकतम १०.२ पिएस पावर र ५५०० आरपिएममा अधिकतम ९.९ एनएम टर्क उत्पन्न गर्ने कम्पनीले जनाएको छ ।

यो कार्बुरेटेड मोटरसाइकलमा पाँच स्पिडको गियर बक्स, एयर कुलिङ सिस्टम र इलेक्ट्रिक तथा किक स्टार्ट उपलब्ध छ । एक्सटिजी १२५ मा १०.६ लिटरको फ्युल ट्यांक रहेको र यसले गर्दा लामो अफरोड यात्रामा निस्कन सहज बनाउने कम्पनीको भनाइ छ । यो बाइक ब्लु, ब्ल्याक र ह्वाइट गरी तीन आकर्षक रङमा उपलब्ध हुने कम्पनीको भनाइ छ ।

एक सय १८ केजी वजन भएको एक्सटिजी १२५ को ग्राउन्ड क्लियरेन्स २६० एमएम छ । जसले ढुंगा, खोला र अफरोड बाटोको यात्रालाई अझ रोमाञ्चक बनाउने कम्पनीको भनाइ छ ।

यसको सिट हाइट ८४० एमएम छ । अगाडि टेलिस्कोपिक सस्पेन्सन र पछाडि मोनोक्रस सस्पेन्सन छ । अगाडिको ह्विल २१ इन्च र पछाडिको १८ इन्चको छ । दुवै ह्विलमा स्पोक एरेन्जमेन्ट छ, जसले अफरोड यात्रालाई आरामदायी बनाउने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २४ फाल्गुन २०७५ ०७:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App