coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

मुक्तिनाथ बैंकले शाखा थप्यो

काठमाडौं – मुक्तिनाथ विकास बैंकले भक्तपुरको ठिमी र काभ्रेको बनेपामा शाखा खोलेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले ठिमी शाखा र बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादे श्रेष्ठले बनेपा  शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ ।

कार्यक्रमका सभापति तथा बैंक सञ्चालक समितिका सदस्य नारायणकुमार श्रेष्ठले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिबारे जानकारी गराएको जारी विज्ञप्तिमा उल्लेख छ । यस बैंकले एक सय १४ शाखा र २० एटिएमबाट आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित: २४ फाल्गुन २०७५ ०७:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App