४ वैशाख २०८१ मंगलबार
राजनीति

यस्तो छ उपप्रधानमन्त्री महराको शुभकामना सन्देश

काठमाडौं- उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले हिन्दू नेपालीको महान् पर्व विजयादशमी, शुभ दीपावली, छठ र नेपाल सम्वत्को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।  

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुधार्मिक विविधताले भरिपूर्ण राष्ट्र भएको र चाडपर्व तथा संस्कृतिले समाजलाई एकताको सूत्रमा हिँडाउन मद्दत गरिरहेका हुन्छ भन्दै उनले सांस्कृतिक धरोहरका रुपमा रहेका हाम्रा पर्वले नेपालीमा मजबुत एकता निर्माणका लागि सहयोगी हुने विश्वास व्यक्त गरे।  

अहिले हामी संविधान कार्यान्वयनको दिशामा छौं, समयभित्रै निर्वाचन गराउनुपर्ने हाम्रो जिम्मेवारी छ भूकम्पपछिको पुनःनिर्माण तथा राहत हाम्रो अर्को मुख्य जिम्मेवारी भएकाले यसका लागि हामीबीचको एकता र सहकार्यले यी र यस्ता जिम्मेवारी पूरा गर्न प्रेरणा दिइरहने जारी विज्ञप्तिमा जनाइएको छ। रासस 

प्रकाशित: २५ आश्विन २०७३ ०८:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App