coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आइएमई लाइफ–माछापुच्छ्रे सम्झौता

काठमडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ। उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्सका सहायक महाप्रबन्धक आशिष सिंह र बैंकका उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन्।

यो सम्झौतापछि सर्वसाधारण र बैंकका ग्राहकले माछापुच्छ«को कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बिमा गराउनुका साथै जीवन बिमासम्बन्धी जानकारी प्राप्त गर्न सकिने जनाएको छ।

आइएमई लाइफ इन्स्योरेन्सले ६७ भन्दा बढी शाखामार्फत सेवा दिइरहेको छ । कम्पनीले सरल सावधिक, बालशिक्षा, आजीवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता तथा आजीवन लगायतका बिमा योजना ल्याएको छ।

प्रकाशित: २४ फाल्गुन २०७५ ०७:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App