७ वैशाख २०८१ शुक्रबार
अन्य

सहरले उताउलाे संस्कृति भित्र्यायाे

एकनारायण भण्डारी, गायक 

तपाईँको विचारमा सहर भनेको के हो ?
सहर सभ्यताको प्रतीक हो । सहरको पर्यावरण अलि सफा र व्यवस्थित हुन्छ । सहरले मानवीय रहर र चाहना पूरा गर्न सक्ने सामथ्र्य राखेको हुन्छ । जनसंख्या बढी भएता पनि त्यहाँको प्रशासनिक निकाय त्यतिकै जिम्मेवार र चुस्त बनेको हुन्छ । 

तपाईँलाई मनपर्ने सहर कुन हो ?
म पानीप्रेमी छु । त्यसकारण मलाई मनपर्ने सहर पोखरा हो । यहाँ ताल, हिमाल र अनेकौं पदमार्ग छन् । सहरमै बसेर प्राकृतिक हराभरा हेर्न पाइन्छ । सडक र होटल पनि व्यवस्थित छन् । सबैतिर सफा र शान्त छ । कुनै समय काठमाडौं पनि यस्तै व्यवस्थित थियो । तर, जनसंख्याको चाप बढ्दै जाँदा काठमाडौं अस्तव्यस्त भएको हो ।

काठमाडौं कस्तो लाग्छ ?
मलाई काठमाडौं प्रिय नै लाग्छ । यहाँका केही नराम्रा पक्ष भए पनि काठमाडौं आफैमा सुन्दर सहर हो । यहाँको जस्तो हावापानी संसारका अरु सहरमा पाइन्न । तर, हामीले काठमाडौंलाई व्यवस्थित र सफा राख्न सकेनौं । पछिल्लो अवस्थालाई हेर्दा काठमाडौं अलि रुखो बन्दै गएको छ । सहरका मानिसमा मानवीयता छैन । सहरमा एकअर्कालाई त्यति वास्ता गरिन्न । जसलाई जे मन लाग्छ त्यही गरेको देखिन्छ । मेरो बुझाइमा काठमाडौं उताउलो संस्कृति भित्रिने खाल्डो हो । हामीले हाम्रो संस्कृतिलाई त्यति प्राथमिकता नदिए पनि विदेशी संस्कृति मज्जैसँग अपनाइरहेका छौं । वास्तवमा हाम्रो संस्कृति पनि विश्वको लागि फरक मानिन्छ । 

तपाईँको विचारमा सहर व्यवस्थित किन भएनन् ?
हामी धेरै समय राजनीतिमै अड्कियौं । राजनीतिलाई नै प्राथमिकतामा राख्दा विकासमा हामी धेरै पछि परेका छौं । अर्को कुरा, सहरलाई व्यवस्थित राख्ने पहिलो आधार भनेको सडक हो । जबसम्म फराकिला सडक बन्दैनन् तबसम्म सहरको विकास भएको मानिन्न । विदेशी मुलुकहरूले पनि सडकबाटै सहरको विकास थालनी गरेका थिए । हामीकहाँ सडकका योजनामा ठूलो दलाली भइरहेको छ । ठेकेदार र राजनीतिक नेताका कारण सडक योजना अलपत्र छन् । सबैतिरका सडक कालोपत्रे र फराकिला बनेका भए सहरमा विकासका काम पनि छिटो सकिने थिए होला । 

हाम्रा सहरको सम्भावना के देख्नुहुन्छ ?
हामीले प्रकृतिले दिएका वरदानलाई पनि चिन्न सकेनौं । पुर्खाले त्यति दुःख गरेर सिर्जेका ऐतिहासिक सम्पदालाई संरक्षण गरेनौं । पहुँचवालाहरूले पुर्खाको सम्पत्तिमाथि राजनीति गरिरहेका छन् । कसैले पनि यसलाई जोगाउनुपर्छ, यो हाम्रो मौलिकता हो भनेर चिन्तन गरेका छैनन् । हामीले पनि हाम्रो मौलिकता र पहिचान जोगाएनौं भने कसले जोगाउने ? अर्को कुरा, यहाँ अनेकौं प्राकृतिक सम्भावना छन् । तिनको अध्ययन गरी हामीले धेरै फाइदा लिन सक्छौं । 

नेपालबाहिर कहाँ–कहाँ पुग्नुभएको छ ?
त्यति धेरै देशका सहर घुमेको छैन । म मलेसिया मात्रै पुगेको छु । अन्य देशका सहरबारे जान्न विभिन्न तस्बिर तथा भिडियोहरू हेरेको छु, पुस्तकहरू पढेको छु । 

विदेश र हाम्रा सहरबीचको भिन्नता के पाउनुभयो ?
नेपाल विश्वकै एउटा यस्तो देश हो जहाँ, शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेका थिए । विश्वको ध्यान तान्ने अग्लो सगरमाथा पनि यहीँ छ  । अनेकौं किंवदन्ती बोकेका ऐतिहासिक दरबार पनि यही छन् । मौसम र हावापानी पनि धेरै राम्रो छ । ऐतिहासिक र भौगोलिक पक्षलाई हेर्दा हाम्रा सहर अरु देशका भन्दा धेरै राम्रा छन् । सरकारले सहरको विकासतर्फ ध्यान नदिँदा भएका सम्भावना पनि लुकेर बसेका छन् । विदेशका सहरका आधुनिक तथा प्रविधियुक्त छन् । सहरका हरेक पक्ष व्यवस्थित र सुरक्षित छन् । 

उपत्यका बाहिर मनपर्ने सहर कुन हो ?
उपत्यकाका सबैजसो सहर व्यवस्थित नै लाग्छ । पोखरा, धनगढी, बुटवल, विराटनगर, इलाम, सुर्खेतलगायत धेरै ठाउँ पुगेको छु।

काठमाडौंका समस्या के देख्नुहुन्छ ?
काठमाडौं अति नै भद्रगोल भएको छ । यहाँका धेरै पक्ष ठिक हुँदाहुँदै पनि थोरै कुराले काठमाडौंलाई कुरूप बनाएको छ । अहिले जताततै फोहर र व्यवस्थित मात्रै देखिन्छ । सहरभित्र आनन्द लिने ठाउँ छैनन् । जता गयो भिडभाड मात्रै देखिन्छ । सबैजना राजधानी भन्दै यही आए । तर, सरकारले जनसंख्या अनुसार सहरलाई व्यवस्थित पार्न सकेन । विकास निर्माणका काममा भइरहेको मलमलले पनि सहरलाई बिगारेको छ 

सहरवासीको बानी÷व्यवहार कस्तो लाग्छ ?
सहरमा बस्ने सबै गैरजिम्मेवार भए । सबैले आफ्नो मात्रै सोचे । आफू बसेको ठाउँलाई सफा राख्छु भन्ने सोच कोहीमा पनि आएन । सहरमा बस्ने सबैजना सहरप्रति सचेत भइदिएको भए सहर यति धेरै अस्तव्यस्त हुने थिएन होला । आज हाम्रै कारणले सहर बिग्रदै छ, हामीले खाली नेताले सहर बिगारे भनेर धिकार्छौं । तर, आफ्नो दायित्व के हो भनेर सोच्दैनौं । 

सहरलाई कसरी सफा राख्न सकिएला ?
तोकिएको स्थानमा फोहर फाल्ने, विकास निर्माणका कामलाई समयमै सक्ने, राज्यमा बस्नेहरूले विकास निर्माणका काममा दुरदृष्टि राख्नेलगायत कुरामा ध्यान दिने हो भने सहर सफा बन्न सक्छ जस्तो लाग्छ । मुख्यतः सहरमा बस्नेहरूमा चेतना छैन । सहरको क्षेत्रफल सानो छ । तर, यहाँ बस्ने मानिसहरूको संख्या बढी छ, त्यसैले यहाँ बस्नेले सहरको विकास र सरसफाइमा ध्यान दिन जरुरी देखिन्छ । 

उपत्यकाको मन नपर्ने पक्ष के हो ? 
उपत्यका अव्यवस्थित भयो । यहाँ सबैभन्दा मन नपर्ने पक्ष भनेको ट्राफिक जाम हो । सबैतिरका सडकमा जाममात्रै हुन्छ । सहरमा सवारीको मात्रै होइन, मानिसको पनि जाम हुन थालेको छ । सबैतिर धुवाँधुलो र मानिसको अस्तव्यस्तता देखिन्छ । सहरमा बस्नेहरू आफ्नो मात्रै सोच्छन् । अब त प्रदेश सरकार पनि बनिसकेको छ । यसकारण पनि यहाँका अस्तव्यस्तता कम होला भन्ने लाग्छ । 

राम्रो लाग्ने पक्ष ?
उपत्यकाको सबैभन्दा मनपर्ने पक्ष मौसम हो । प्रकृतिले हामीलाई सदावहार मौसम दिएको छ । यहाँकोे मौसम र हावापानी राम्रो भएकाले पनि विदेशीहरू नेपालमा तानिएका छन् । उपत्यका नेपालको अति नै महŒवपूर्ण ठाउँ हो, जहाँ पुराना मठ–मन्दिर तथा धार्मिक क्षेत्रहरू छन् ।  

सरकारले कसरी काम गर्ने हो भने सहर व्यवस्थित बन्ला ? 
सरकार जिम्मेवार हुनुपर्यो । राजनीतिक विषय भन्दा विकासको विषयलाई केन्द्रमा राख्नुपर्यो । योजनामात्रै ल्याउने होइन, ल्याएका योजनालाई मूर्त रूप दिनुप¥यो । सहर बिग्रनुको मुख्य कारण नै सरकारी निकाय बलियो नभएर हो । भएको नीति नियमलाई सरकारले कार्यान्वयन गराउन सक्ने हो भने सहर व्यवस्थित हुन्छ । नागरिकले पनि सास्ती खेप्नु पर्दैन ।

तपाईं कस्तो सहरको परिकल्पना गर्नुपर्छ ?
कलकल बगेको नदी होस् । हरियाली डाँडाकाँडा होउन् । सडक फराकिला होउन् । आफू बसेको वरपर सफा होस् । मानिसमा आत्मियता भेटियोस् । हरेक सेवा–सुविधा चुस्त होउन् । हरियाली, फराकिला सडक र चुस्त सरकारी सेवा सहरको विशेषता नै हो। 
मन भएर पनि पुग्न नपाएको सहर कुन हो ?
मलाई नेपालकै धेरै ठाउँ घुम्न रहर छ । नाम्चे बजार, सगरमाथा बेस क्याम्प, तिलिचो ताल, ढोरपाटनलगायत थुपैै्र ठाउँ घुम्न मन छ ।

सहरको मनपर्ने खानेकुरा केहो ?
मलाई नेपाली खाना नै मिठो लाग्छ । 

प्रकाशित: २४ फाल्गुन २०७५ ०६:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App