७ वैशाख २०८१ शुक्रबार
राजनीति

पृथकतावादी आन्दोलन छोड्दै सिके राउत

काठमाडौं- मधेस स्वराजको आन्दोलन चलाइरहेका डा. सिके राउतले पृथकतावादी आन्दोलन छोड्ने भएका छन्। जिल्ला अदालत रौतहटको आदेश पछि थुनामा रहेका राउत हिजोमात्र सर्वोच्चको आदेशमा रिहा भएका थिए।

प्रधान न्यायाधीश चोलेन्द्र सम्शेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजालसले उनलाई रिहा गर्न आदेश दिएको थियो। स्रोतका अनुसार उनले राष्ट्रिय अखण्डता स्वीकार गर्दै आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसँगै राष्ट्रिय सभागृहबाट सम्वोधन गर्नेछन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले एक ट्वीट गर्दै प्रधानमन्त्री ओलीले १ बजे विशेष महत्वको विषयमा राष्ट्रिय सभागृहबाट सम्वोधन गर्ने बताएका छन्। नागरिकन्यूजले त्यो महत्वको सम्वोधन के हो भन्दै गरेको प्रश्नमा अर्यालले भने, 'आज मिडियाले मेन न्यूज पाउने छ।' 'अलग मधेस राज्यको' अभियान चलाइरहेका राउत सरकारसँग वार्तामा समेत थिए।

उनले गरेका गोप्य वार्ताका निष्कर्षमा राउत भौगोलिक अखण्डता स्वीकार गर्दै आफ्नो माग छोड्न सहमत भएका हुन्। स्रोतका अनुसार यो सँगै उनले स्थापना गरेको स्वतन्त्र मधेस गठवन्धन पनि विघटन हुने छ तर उनी नेकपा प्रवेश गर्नेबारे भने केही भनिएको छैन।

प्रकाशित: २४ फाल्गुन २०७५ ०५:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App